बैजनाथको कांग्रेस सभापतिमा खत्री निर्वाचित
Thursday, November 18th, 2021, 5:10 pm
Kalpristha
बैजनाथ गाउँपालिका कांग्रेस सभापतिमा देवबहादुर खत्री केसी निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनबाट खत्रीले दुईजना प्रतिस्पर्धीलाई पराजित गर्दै जित हासिल गरेका हुन् । कुल एक सय ४९ मत खसेकोमा खत्रीको पक्षमा ६८ मत पर्यो । उनका प्रतिस्पर्धी केशर खड्काको पक्षमा ३९ र रामबहादुर बिस्टको पक्षमा २७ मत खस्यो । ८ वटा मत बदर भए ।
सभापतिमा निर्वाचित खत्रीको प्यानल नै निर्वाचित भएको छ ।
यता नेपालगन्ज उप-महानगरपालिकाको मतदान सकिएको छ । मतदान सकिएर अब मतगणनाको तयारी गरिँदै छ । नेपालगन्जमा कुल ३८२ मतदातातमध्ये ३७७ मत खसेको छ ।
नेपालगन्ज नगर सभापति पदका लागि उमा थापामगर, प्रशान्त बिष्ट र विनोद रिजाल नेतृत्वको प्यानलबीच प्रतिस्पर्धा हुँदै छ । थापा मगर नेतृत्वको प्यानलबाट उपसभापतिमा विनोद न्यौपाने र जाकिर अली तेली, सचिवमा रविन्द्र घिमिरे र लक्ष्मी खड्का तथा सहसचिवमा प्रकाश बादी र शिव कुमार गुप्ताले उम्मेदवार छन् ।
बिष्ट नेतृत्वको प्यानलबाट उपसभापतिमा धनराज बर्मा र मो. कमाल अन्सारी, सचिवमा सुरेन्द्र कुमार श्रेष्ठ र हरिबाबू घिमिरे छन् भने सह-सचिवमा शरदराज अधिकारी र मार्टिन वली क्षेत्री उम्मेदवार छन् ।
यस्तै रिजाल नेतृत्वको प्यानलबाट उपसभापतिमा अतुल कुमार गुप्ता र नुरैन मुल्तमिस (साहिल), सचिवमा कुन्तल राज शर्मा, सह-सचिवमा पूणर् प्रकाश डाँगी र नर्मदा शाहीले उम्मेदवार छन् ।