डा. श्यामसुन्दर यादव बने प्रमुख विशेषज्ञ
Thursday, November 18th, 2021, 5:29 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ कात्तिक
भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट सर्जन डा. श्यामसुन्दर यादव प्रमुख विशेषज्ञमा बढुवा भएका छन् । भेरी अस्पतालका पूर्व मेसु समेत रहेका डा. यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२औं तहमा बढुवा गरेको हो । यादवसँगै डा भिमसिंह टिंकरी र गुणराज लोहनीपनि बढुवा भएका छन् ।
मन्त्रीपरिषद बिहीबार बसेको बैठकले डा. यादव, टिंकरी र लोहनीलाई १२औं तहमा बढुवा गर्ने निणर्य गरेको हो । गत सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन वटा पदका लागि पाँच जनाको नाम सिफारिस गरेको थियो ।
सिफारिस समितिले डा. यादवको नामा पहिलो नम्बरमा सिफारिस गरेको थियो । दोस्रो नम्बरमा व्यवस्थापन महाशाखाका निर्देशक डा. टिंकरी, तेस्रो नम्बरमा पोखरामा कार्यरत बालरोग विशेषज्ञ डा. श्रीकृष्ण श्रेष्ठ, चौंथो नम्बरमा प्रसूति गृहकी निर्देशक डा. संगिता मिश्र र पाँचौ नम्बरमा मन्त्रालयको नीति योजना तथा अनुमगन महाशाखा प्रमुख डा. लोहनीको नाम सिफारिस गरिएको थियो । मन्त्रिपरिषदले सिफारि गरिएका पाँचजनामध्ये तीन जनालाई १२औं तहमा बढुवा गर्ने निणर्य गरेको हो ।