डुडुवामा विद्यालय भवन उदघाटन
Thursday, November 18th, 2021, 7:28 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डुडुवा, २ मंसिर
डुडुवा गाउँपालिका-२ नौरीगौढीस्थित पशुपति माध्यमिक विद्यालयमा नवनिर्मित तीन कोठे भवनको उद्घाटन गरिएको छ ।
बिहीबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले भवनको उदघाटन गरेका हुन् । त्यसक्रममा उनले गाउँपालिकाले उच्च शिक्षाका लागि पालिकाभित्रै एउटा क्याम्पस संचालन गर्ने तयारी गरिरहेको जानकारी गराउँदै त्यसका लागि सम्भाव्यता अध्ययन गरी क्याम्पस स्थापना गर्ने बताए ।
अध्यक्ष चौधरीले शिक्षा क्षेत्रमा आकषणर् गर्न विभिन्न कार्यक्रम तथा योजना ल्याइएकोले यस क्षेत्रका विद्यार्थीहरुलाई गाउँमै क्याम्पस भएमा अध्ययन गर्न सहज हुने बताए । उनले आफ्ना बालबालिकालाई शिक्षातर्फ अघि बढाउन अभिभावकहरुलाई अनुरोध गरे ।
डुडुवा गाउँपालिकाद्धारा रु २४ लाख आर्थिक सहयोगमा निमाणर् भएको तीन कोठे भवन निमाणपछि बालबालिकाहरुलाई अध्ययन गर्न सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय कुमार यादवले बताएका छन् । उनले विद्यालयको भौतिक संरचनाको अभावमा पठनपाठनमा रहेको समस्याको अन्त्य भएको भन्दै विद्यालयको सुधार तथा विकासका लागि संधै तत्पर रहेको बताए ।