कांग्रेसको नेपालगन्ज नगरमा प्रशान्त प्यानलको बर्चश्व
Thursday, November 18th, 2021, 9:51 pm
Kalpristha
नगर उप-सभापतिमा धनराज बर्मा र मो.कमाल अन्सारी निर्वाचित भएका छन् । बर्मा २३७ र अन्सारी १४४ मतका साथ उपसभापतिमा निर्वाचित भएका हुन् । नगर अधिवेशनमा कुल ३८२ मत मध्ये ३७७ मत खसेको थियो ।
नेपालगन्ज नगर सचिवमा सुरेन्द्र कुमार श्रेष्ठ र हरिबाबु घिमिरे निर्वाचित भए । भर्खरै सम्पन्न मतगणनामा श्रेष्ठ २०९ र घिमिरे १६७ मतका साथ सचिवमा निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी प्रत्यासी कुन्तलराज शर्माले ९३, रबिन्द्र घिमिरे ९२ र लक्ष्मी खड्काले ७८ मत पाए । नगर अधिवेशनमा ३८२ मत मध्ये ३७७ मत खसेको थियो ।
नेपालगन्ज उप-महानगरपालिकामा कांग्रेसको सह-सचिवमा मार्टिन वली क्षेत्री र शरदराज अधिकारी निर्वाचित भएका छन् । वली र अधिकारीले प्रशान्त बिष्ट प्यानलबाट उम्मेदवारी दिएका थिए ।
वलीले १८५ र अधिकारीले १५२ मत ल्याउँदै बिजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी नर्मदा शाहीले एक सय १० मत ल्याएकी छन् । नेपालगन्ज उप-महानगरपालिकाबाट लुम्बिनी प्रदेश अपांग प्रतिनिधिमा गोकणर् आचार्य निर्वाचित भएका छन् । लुम्बिनी प्रदेश अपांग प्रतिनिधिमा आचार्यले १७८ र निकटतम प्रतस्पर्धी अमृत आचार्यले १७३ मत पाएका छन् ।
अहिले सभापति पदको मतगणना भइरहेको छ । सभापति पदमा उमा थापा, प्रशान्त बिस्ट र विनोद रिजालको उम्मेदवारी छ ।