कांग्रेस नेपालगन्जमा प्रशान्त बिस्टको प्यानल नै विजयी, को हुन् बिस्ट ?
Thursday, November 18th, 2021, 10:18 pm
Kalpristha
नेपाली कांग्रेसको नगर सभापतिमा प्रशान्त बिस्ट निर्वाचित भएका छन् । बिस्टले खसेको कुल ३७७ मतमध्ये २४३ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुुन् । उनका निकटतम प्रतिस्पर्धी उमा थापामगरले ७० मत प्राप्त गर्दा भने विनोद रिजालले ४१ मत प्राप्त गरे ।
वर्तमान नगर सभापति नै रहेका बिस्टले दुवैजना बलिया प्रतिस्पर्धीलाई पछि पारेर फेरि नगर सभापतिको जिम्मेवारी प्राप्त गरेका छन् । यो सँगै बिष्ट तेस्रो कार्यकालका लागि नगर सभापति चुनिएका छन् ।नेपालगन्ज नगरमा बिस्टसँगै उनको सिंगो प्यानल नै विजय भएको छ । उनी पार्टीभित्र संस्थापन पक्षधर हुन् ।
नगर उप-सभापतिमा धनराज बर्मा र मो.कमाल अन्सारी निर्वाचित भएका छन् । बर्मा २३७ र अन्सारी १४४ मतका साथ उपसभापतिमा निर्वाचित भएका हुन् । नगर अधिवेशनमा कुल ३८२ मत मध्ये ३७७ मत खसेको थियो ।
नेपालगन्ज नगर सचिवमा सुरेन्द्र कुमार श्रेष्ठ र हरिबाबु घिमिरे निर्वाचित भए । भर्खरै सम्पन्न मतगणनामा श्रेष्ठ २०९ र घिमिरे १६७ मतका साथ सचिवमा निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी प्रत्यासी कुन्तलराज शर्माले ९३, रबिन्द्र घिमिरे ९२ र लक्ष्मी खड्काले ७८ मत पाए । नगर अधिवेशनमा ३८२ मत मध्ये ३७७ मत खसेको थियो ।
नेपालगन्ज उप-महानगरपालिकामा कांग्रेसको सह-सचिवमा मार्टिन वली क्षेत्री र शरदराज अधिकारी निर्वाचित भएका छन् । वली र अधिकारीले प्रशान्त बिष्ट प्यानलबाट उम्मेदवारी दिएका थिए ।
वलीले १८५ र अधिकारीले १५२ मत ल्याउँदै बिजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी नर्मदा शाहीले एक सय १० मत ल्याएकी छन् । नेपालगन्ज उप-महानगरपालिकाबाट लुम्बिनी प्रदेश अपांग प्रतिनिधिमा गोकणर् आचार्य निर्वाचित भएका छन् । लुम्बिनी प्रदेश अपांग प्रतिनिधिमा आचार्यले १७८ र निकटतम प्रतस्पर्धी अमृत आचार्यले १७३ मत पाएका छन् ।
को हुन् बिस्ट ?
प्रशान्त विष्ट नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका कांग्रेसका युवा नेता हुन् । २०५३ सालमा महेन्द्र बहुमुखी क्याम्पसको इकाई कमिटी सदस्य बनेका विष्ट २०५५ सालमा महेन्द्र बहुमुखी क्याम्पसमा नेबिसंघको सह-सचिब र २०५६ सालमा नेविसंघ नेपालगन्ज अध्यक्ष भएर काम गरे ।
उनी २०५७ सालमा नेविसंघबाट स्वतन्त्र बिद्यार्थी युनियनमा उपसभापति, २०५८ सालमा महेन्द्र बहुमुखी क्याम्पसको नेविसंघ इकाई उपसभापति, २०५९ र २०६१ सालमा स्वतन्त्र विद्यार्थी युनियनमा उपसभापति बनेका थिए ।
२०६२/६३ सालको जनआन्दोलनमा नेविसंघ बाँकेको तर्फबाट विद्यार्थी परिचालन कमिटीको कमाण्डर रहेका विष्ट जनआन्दोलनको समयमा दर्जनौं पटक प्रहरीद्वारा दुव्र्यवहार तथा गिरफ्तारीमा परेका थिए । बि२०६३ सालदेखि लगातार ४ वर्ष नेविसंघ बाँकेको अध्यक्ष बनेका बिष्टले कुशल नेतृत्व क्षमता देखाएका थिए ।
२०६८ सालमा नेपाली कांग्रेसको नेपालगन्ज नगर सभापति पदमा निर्वाचित भएका उनी पुनः २०७३ सालमा उप-महानगरपालिका भएपश्चात सर्बसम्मत नेपालगन्ज उपमहानगरपालिका नगर सभापतिमा दोहोरिएका थिए । उनी फेरि नगर सभापतिमा निर्वाचित भएर आएका छन् ।