बाँकेमा शून्य संक्रमित
Friday, November 19th, 2021, 9:47 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ मंसिर
बिहीबार (हिजो) जिल्लामा शून्य संक्रमित पृष्टि भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रका अनुसार जिल्लामा बाहिरी जिल्लाका संक्रमित पृष्टि भएतापनि बाँकेमा भने थपिने संक्रमितको संख्या भने शून्य रहेको हो ।
जिल्लामा थप बाहिर जिल्लाका ३ जनामा संक्रमण पृष्टि भएको हो । योसँग ६२ जनामा गरिएको कोभिड जाचबाट पृष्टि भएको हो ।
गत बुधबार भने जिल्लामा एकजना महिला र एकजा पुरुष गरी दुईजनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै गत मंगलबार पुरुष दुईजनामा, गत सोमबार पुरुष चारजनामा र गत आइतबारपनि शून्य संक्रमित पृष्टि भएको केन्द्रले जनाएको छ ।
जिल्ला थप एकजना महिला एकजना पुरुष गरी दुईजना संक्रमण मुक्त भएका छन् । केन्द्रका अनुसार गत बुधबार भने महिला तीनजना, गत मंगलबार महिला र पुरुष दुई–दुईजना, गत सोमबार पुरुष तीनजना र गत आइतबार पुरुष एकजना संक्रमण मुक्त भएका छन् ।
हालसम्म जिल्लामा १८ हजार चार सय ४३ जनामा संक्रमण पृष्टि भई सकेको छ भने १८ हजार ७८ जना संक्रमण मुक्त भई सकेका छन् ।
जिल्ला थप मृत्यु हुने संक्रमितको संख्या भने शून्य नै रह्यो । हालसम्म जिल्ला तीन सय ४० जना संक्रमितको मृत्यु भई सकेको केन्द्रले जनाएको छ ।
देशभरमा थप दुई सय ७२ जनामा संक्रमण पुष्टि भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । मन्त्रालयका अनुसार देशका विभिन्न स्थानबाट थप दुई सय ६० जना संक्रमण मुक्त भएका छन् ।
हालसम्म नेपालमा आठ लाख १८ हजार तीन सय सातजनामा संक्रमण पुष्टि भई सकेको छ भने सात लाख ९९ हजार एक सय ७६ जना संक्रमण मुक्त भई सकेका छन् ।
देशमा थप ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म देशमा हालसम्म ११ हजार चासय ८९ जना संक्रमितको मृत्यु भई सकेको छ ।
हालसम्म नेपाल ४५ लाख ३८ हजार पाँच सय ४९ जनामा पीसीआर परीक्षण भई सकेको छ ।