बाँके र बर्दियामा एकैपटक कृत्रिम घटना अभ्यास
Friday, November 19th, 2021, 7:44 pm
Kalpristha
बाँके र बर्दिया जिल्लामा एकै पटक कृत्रिम घटना अभ्यास गरिएको छ । स्थानीय विपद् व्यवस्थापन समिति डुडवा र खजुरा गाउँपालिको आयोजना र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा१ दिने बाढी विपद् आधारित कृत्रिम घटना अभ्यास शुक्रबार सम्पन्न भएको हो ।
विपद् प्रभावितहरुको तत्काल सूचना संकलन गरी सरोकारवाला निकायसम्म छिटो माध्यमबाट पुर्याउने र उक्त सूचनाको आधारमा मानवीय सहायता र खोज तथा उद्धार कार्य गर्न सहजता हुने अभिप्रायले नमुना अभ्यास गरिएको जनाइएको छ ।
उक्त अभ्यासका क्रममा स्थानीय तहले तयार गरेको स्थानीय विपद् तथा जलवायु उत्थानशिल योजनाको परीक्षण, स्थानीय विपद् व्यवस्थापन समितिको बैठक आयोजना, खोज तथा उद्धार टोली परिचालन, प्रारम्भीक दु्रत लेखाजोखा र मानवीय सहायताका कार्यहरु दु्रत गतिबाट गरिएको थियो ।
अनलाइन प्राविधिबाट संचालन भएको उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष एवं स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष, पदाधिकारी एवं सदस्य, विषयगत शाखाका प्रमुख, जिल्ला विवद् व्यवस्थापन समितिका अध्यक्ष एवं फोकल पर्सन, नेपाल रेडक्रस सोसाइटी शाखा र उपशाखाका पदाधिकारी, प्रतिनिधि, कर्मचारी, आपत्कालीन कार्यसंचालन केन्द्र बाँके र बर्दियाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।