कांग्रेस राप्तीसोनारीमा रानाक्षेत्री निर्वाचित
Friday, November 19th, 2021, 8:40 pm
Kalpristha
नेपाली कांग्रेस राप्ती सोनारीको कांग्रेस सभापतिमा निर्वाचित रानाक्षेत्रीले १ सय मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी संस्थापन इतर(कोइराला/पौडेल) पक्षका तुलाराम खत्रीले ६९ मत ल्याए । यसअघि नेपाली कांग्रेसले गरेको समायोजनबाट राप्ती सोनारीको सभापतिमा रानाले नै जिम्मेवारी सम्हाल्दै आएका थिए ।
रानाले खत्रीले यसअघि गाउँपालिका सचिव भएर जिम्मेवारी सम्हालेका थिए । उपसभापतिमा निर्वाचित भएका संस्थापन पक्षकै धनबहादुर थारुले ९१ र शेरबहादुर घर्तीमगरले ९३ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी तेजबहादुर ओलीले ७० र मदन बुढाले ६६ मत ल्याएका छन् ।
यस्तै सचिवमा निर्वाचित भएका संस्थापन पक्षकै सन्तोष चौधरीले १ सय ३ र सुरेशकुमार डाँगीले ९६ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी रुद्रमणि ढकालले ६६ र भोला थारुले ६३ मत प्राप्त गरे ।
यसैगरी सहसचिवमा निर्वाचित भएकी संस्थापन पक्षका तारादेवी बिक र मनोजकुमार बैश्यले समान ९६ मत ल्याए । दुबैका निकटतम प्रतिस्पर्धी मानबहादुर खड्काले ७३ र बिसवी परियारले ६४ मत पाए । राप्ती सोनारीमा रहेका कुल १ सय ७४ मतदाता मध्ये बिहीबार सम्पन्न मतदानमा १ सय ७३ मत खसेको थियो ।