कांग्रेस बाँकेको प्रदेश सभा क्षेत्रीय अधिवेशन : संस्थापन समूह नै हाबी
Monday, November 22nd, 2021, 11:38 am
Kalpristha
नेपाली कांग्रेस बाँकेको १४ औं अधिवेशन बाँकेको प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट पनि संस्थापन पक्षको बर्चश्वसहितको नेतृत्व चयन भएको छ । ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये संस्थापन पक्षका ४ र संस्थापन इतर समूहका २ जना प्रदेश सभा क्षेत्रीय सभापति निर्वाचित भएका छन् ।
क्षेत्र नम्बर १ र २ का प्रदेश सभा क्षेत्रका क्षेत्रीय समिति र प्रदेश महाधिवेशन प्रतिनिधि छनौटका लागि मतदान भएको थियो भने क्षेत्र नम्बर ३ अन्तर्गतका दुवै प्रदेश सभा क्षेत्रको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
प्रदेशसभा क्षेत्र १(क), २(ख), ३(क) र ३(ख) मा संस्थापन समूहका सभापति निर्वाचित भएका छन भने १(ख) र २(क) मा भने संस्थापन इतर समूहका सभापति निर्वाचित भएका छन् ।

बाँके प्रदेशसभा क्षेत्र १(क) का सभापति लक्ष्मण थारु
प्रदेशसभा क्षेत्र १(क) मा लक्ष्मण थारु, २(ख) मा जितेन्द्र बहादुर हमाल, ३(क) मा केशवकुमार शाह र ३(ख) मा राजेन्द्र आचार्य सभापतिमा निर्वाचित भएका छन् । १(ख) को सभापतिमा बलराम शर्मा र २(क) मा ज्ञानेन्द्रकुमार चौधरी निर्वाचित भएका छन् ।

बाँके प्रदेशसभा क्षेत्र १(ख) का सभापति बलराम शर्मा
आइतबार सम्पन्न निर्वाचनबाट प्रदेश सभा क्षेत्र नम्बर १ (क) को सभापतिमा लक्ष्मण थारुले एक सय २५ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी जुगलाल थारुले एक सय १४ मत प्राप्त गरे । उप-सभापतिमा निर्वाचित भएका अम्मरबहादुर बुढाथोकीले १२३ र मानबहादुर खड्काले १२४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी हरिवंश मौर्यले ११५ र हरिभक्त ओलीले १०९ मत प्राप्त गरे । सचिवमा निर्वाचित भएका गंगाराम थारुले १२९ र भोलाप्रसाद मुराउले १२० मत प्राप्त गरे ।

बाँके प्रदेशसभा क्षेत्र २(क) सभापति ज्ञानेन्द्रकुमार चौधरी
निकटतम प्रतिस्पर्धी कमलराज कार्कीले १११ र गुरुमोरत यादवले ११६ मत प्राप्त गरे । सह-सचिवमा निर्वाचित हुनु भएका दिलावती थापाले १२६ र बाबुराम कुर्मीले १२४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी दरोगा शेखले ११४ र समुनदेवी लोहारले १११ मत ल्याएको मतदान अधिकृत गोपाल गिरीले जानकारी दिए । प्रदेश प्रतिनिधीतर्फको गणना अहिले पनि चलिरहेको उहाँले बताउनु भयो ।

बाँके प्रदेशसभा क्षेत्र २(ख) का सभापति जितेन्द्रबहादुर हमाल
यस्तै प्रदेश सभा क्षेत्र नम्बर २ (ख) को सभापतिमा जितेन्द्र बहादुर हमालले १५२ र उनका निकटतम प्रतिस्पर्धी अखबर अलि दर्जीले ६४ मत प्राप्त गरे । उप-सभापतिमा निर्वाचित भएका अभिशेक कुमार श्रेष्ठले एक सय ५९ र सुभासचन्द्र गुप्ताले एक सय ३२ मत प्राप्त गरे ।

बाँके प्रदेशसभा क्षेत्र ३(क) का सभापति केशवकुमार शाह
निकटतम प्रतिस्पर्धी साहबुद्धिन खाँले ७६ मत प्राप्त गरे । सचिवमा निर्वाचित हुनु भएका फैयाज हुसेन हल्वाईले एक सय ६४ र गोकणर्बहादुर शाहीले एक सय ३२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी उदयनारायण मिश्रले ६९ मत प्राप्त गरे । सहसचिव पदमा भने शनिबार नै निर्विरोध भइसकेको थियो । मतदान अधिकृत ऋषिराज शर्माका अनुसार आइतबार भएको मतदानबाट प्रदेश प्रतिनिधीतर्फ(खुल्ला) मा ७, खुल्ला(महिला)मा ३, आदीवासी जनजाती, मधेशी, मुस्लिम अपांग कोटामा १/१ जना निर्वाचित भए ।

बाँके प्रदेशसभा क्षेत्र ३(ख) का सभापति राजेन्द्र आचार्य
प्रदेशसभा क्षेत्र नम्बर २ (क) को सभापतिमा ज्ञानेन्द्र कुमार चौधरी १३० मतका साथ सभापति निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी संस्थापन समूहका शिवकुमार बर्माले ८६ मत पाए । पदाधिकारी सबैमा चौधरी नेतृत्वको पूरै प्यानल निर्वाचित भयो । उपसभापतिमा मनोज कुमार चौधरी र नरबहादुर बोहरा, सचिव लक्ष्मण सिंह र वेल बहादुर बोहरा तथा सहसचिवमा जयप्रकाश खटिक र समसुद्दिन खाँ निर्वाचित भएका छन् ।