बाँके क्षेत्र नम्बर १ को सभापतिमा पोषण केसी विजयी
Friday, November 26th, 2021, 5:08 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
कोहलपुर, १० कात्तिक
पोषण केसी नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ को सभापतिमा निर्वाचित भएका छन । उनले माधवराम खत्रीलाई ४७ मतले पछी पार्दै सभापतिमा विजयी भए । पत्रकारिता क्षेत्रबाट राजनितिमा प्रवेश गरेका पोषण कोइराला–पौडेल खेमाका हुन भने माधवराम देउवा पक्षधर हुन । पोषणले कुल ६ सय १ मत खसेकोमा ३ सय १६ र माधवराम २ सय ६९ मत प्राप्त गरेको मतदान अधिकृत मेहरसिंह खत्रीले बताए ।
यसैगरी सचिवमा निर्वाचित भएका संस्थापन इतर पक्षका खुमबहादुर बस्नेतले ३ सय १ र संस्थापन पक्षका जयश्वर पौडेलले २ सय ९० मत पाए । उनका निकटतम प्रतिद्धन्द्धी बजारु थारु र लालबहादुर रानाले समान २ सय ८० मत ल्याए । यसैगरी सह सचिवमा निर्वाचित भएका संस्थापन पक्षका दिपेन्द्र उप्रेतीले ३ सय १२ र संस्थापन इतर पक्षका रामबहादुर रावतले २ सय ९० मत प्राप्त गरेका छन ।
उनका निकटतम प्रतिद्धन्द्धी देवनारायण काफ्लेले २ सय ८३ र हरिशंकर पाण्डेले २ सय ७० मत प्राप्त गरेका छन् । क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधीको मत गणना चलिरहेको मतदान अधिकृत खत्रीले जानकारी दिए । क्षेत्रीय सभापतिसहित पदाधिकारीको मत परिणामलाई निर्वाचन टोलीले भर्खरै घोषणा गरेको हो ।