सहादतको साधारण सभा सम्पन्न
Saturday, November 27th, 2021, 7:27 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ मंसिर
नेपालगन्ज उप–महानगरपालिका–१७, परसपुरमा रहेको सहादत मस्जिद इदगाह कर्बला व्यवस्थापन समितिको प्रथम साधारण सभा सम्पन्न भएको छ । वडा नम्बर १७ का वडा अध्यक्ष अजयकुमार पाठकको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
सभाले सर्जसहमतीमा सहादत मस्जिदको कार्यसमिति पनि चयन गरेको छ । समितिको अध्यक्षमा कौसर अली बेहना चयन भएका छन् । त्यस्तै उपाध्यक्ष सज्जन अली, कोषाध्यक्ष मन्सुर अली दर्जी र सचिव इसराइल शेष चयन भएको निर्वाचन समितिले जनाएको छ ।
त्यसैतगरी सदस्यहरुमा रज्जब अली बेहना, मकसुद अली बेहना, गजफ्फर अली इद्रीसी, रसीद अली दर्जी, आरिफ बागवान, रफीक धोबी, अकबर अली दर्जी चयन भएका छन् । सल्लाहकारमा भने कलामुद्दीन दर्जी, हाजी सुबेदार बेहना, अरमान अली बेहना, मौला दर्जी, जुमई बेहना, शेर बहादुर बहेना, पप्पू बेहना, नुरुल नवी इद्रीसीलाई चयन गरिएको निर्वाचन अधिकृत श्याम काफ्लेले जानकारी दिए ।
कार्यक्रम सज्जन अली सलमानीको सभापतित्वमा सम्पन्न भएको थियो । त्यस्तै कार्य केन्द्रीय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिका केन्द्रीय अध्यक्ष फिरोज वारसी, ज्ञान सागर माविको व्यवस्थापन समिति अध्यक्ष रज्जब अली बेहनालगायतको उपस्थिति रहेको थियो ।