खजुरामा एक दर्जन युवा कांग्रेसमा प्रवेश
Saturday, November 27th, 2021, 7:43 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ मंसिर
नेपाली कांग्रेस खजुरा गाउँपालिका–२ ले आयोजना गरेको कार्यक्रममा शनिबार एक दर्जन युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
एमाले, माओवादी पार्टीको संगठनमा बसेर काम गरेका युवाहरु कांग्रेसमा प्रवेश गरेका हुन ।
नेपाली कांग्रेस खजुरा–२ कार्यसमिति सभापति अमर रावतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधि उमा कुमारी थापा, लुम्बिनी प्रदेश महाधिवेशन प्रतिनिधि कमल खत्री, बाँके निर्वाचन क्षेत्र नम्बर ३ (ख)का उप सभापति राजकिशोर महतारा, वडाका निर्वतमान सभापति रामबहादुर महतारा लगायतले नव प्रवेश युवालाई अबिर लगाएर पार्टीको साधारण सदस्यता प्रदान गरेका थिए ।
केन्द्रिय महाधिवेशन प्रतिनिधि थापाले युवाहरुको प्रवेशमा कांग्रेस नयाँ परिर्वतनको सुरुआत गरेको बताइन ।
उनले भनिन, ‘समाजको सकारात्मक विकासमा कांग्रेसले विगतदेखी महत्वपुर्ण योगदान गर्दै आएको छ । जनताको भावनालाई बुझेर काम गर्ने सक्ने क्षमता कांग्रेसमा छ । युवाहरुले त्यसलाई बुझेका छन । युवाहरुले समाजको हितमा काम गर्नुपर्छ । अबका दिनमा युवाहरुले पार्टीलाई नेतृत्व गरेर समाजको हितमा काम गर्नु पर्छ ।’
लुम्बिनी महाधिवेशन प्रतिनिधी कमल खत्रीले नेतृत्वमा आएका युवाले कांग्रेसलाई थप बलियो बनाएर जनचाहना अनुसार काम गर्ने पार्टीका रुपमा चिनाउनु पर्ने बताए ।
यसैगरी शनिबार बसेको वडा कार्यसमितिको बैठकले पार्टीको संगठनलाई विस्तार गर्नको लागी तयारी सुरु गर्ने निर्णय गरेको छ । त्यसका लागि वडा कार्यसमितिले टोल कार्यसमिति निर्माणको लागि विभिन्न गाउँमा संयोजकको जिम्मेवारी दिने निर्णय गरेको अध्यक्ष रावतले बताए । टोल स्तरमा गएर जनताका समस्याहरुलाई पहिचान गरि समाधान गर्नको लागि टोल स्तरीय समिति निर्माण लागेको वडा सभापति रावतले बताए ।