११ वर्षीय साइकल यात्रीलाई नेपालगन्जमा स्वागत
Monday, November 29th, 2021, 8:48 pm
Kalpristha
कालपृष्ठ समाचारदात
नेपालगन्ज, १३ मंसिर
९ दिनअघि पुर्वको मेचिपुल देखी साइकल यात्रा गर्दै सोमबार साझ नेपालगन्ज आइपुगेका ११ बर्षिय रमित भट्टलाई नेपालगन्जमा सगत गरिएको छ । रमित र उनका बुबा दिपक भट्टलाई नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलासहित क्लब आबद्ध साइक्लिस्टहरुले स्वागत गरेका हुन् ।
ॅदुव्र्यसन मुक्त समाज’ भन्ने मुल नारा बोकेर सुदुरपश्चिम कंचनपुरका बाबुछोरा मेचीमहाकाली साइकल यात्रा मा निस्किएका हुन् ।
११ बर्षका बालक साइकलको चेनले देशजोड्दै मेचीमहाकाली साहसिक साइकल यात्रामा निस्किनु निकै नै प्रसम्सनिय र समाज का लागी एउटा उदाहरणीय काम भएको नेपालगन्ज साइकल क्लबका अध्यक्ष सतिश निरौलाले बताए । साथै छोरा लाई प्रोत्साहन गर्दै बाबु पनि साथैमा हिड्न अभिभावकहरुलाई एक सकारात्मक सन्देश भएको उनले बताए ।
साइकल यात्री भट्ट मंगलबार बिहान नेपालगन्जको बागेश्वरी मन्दिर दर्शन र परिक्रमा गरी खजुरा, गुलरिया हुँदै टिकापुर पुगेर विश्राम लिने क्लब सचीव प्रदीप सापकोटाले जानकारी दिए । स्वागत समारोहमा नेपालगन्जबाट यसअघि नै महाकाली मेची साइकल यात्रा पुरा गरेका तेजविक्रम शाह, निवर्तमान अध्यक्ष गगनसिंह थापा, निवर्तमान उपाध्यक्ष रमेशकुमार मल्ल, क्लबका सचिव सापकोटा, कोषाध्यक्ष राजेश गुप्ता लगायतले अबिर र खादाले स्वागत गरेका थिए ।