डुडुवामा ७०० मेटिक टनको अत्याधुनिक सितभण्डार बन्ने
Wednesday, December 1st, 2021, 8:29 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ मंसिर
बाँके जिल्लामा आलु उत्पदानका लागि प्रसिद्ध डुडुवा गाउँपालिकाको हिरमिनियामा सात सय मेट्रिक टन क्षमताको सितभण्डार (कोल्ड स्टोरेज) बन्ने भएको छ । डुडुवा गाउँपालिकाले यसलाई सबैभन्दा ठुलो योजनामध्ये एक भनेको छ ।
डुडुवा ६ हिरिमिनियामा निमाणर् थालिएको ७०० मेट्रिक टन क्षमताको अत्याधुनिक कोल्ड स्टोरेजको मंगलबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गरे ।
शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष चौधरीले आलुको पकेट क्षेत्र मानिएको हिरिमिनियाका किसानले उत्पादन गरेको तरकारी तथा फलफुल भण्डारणमा सहयोग पुर्याउने उदेश्यले कोल्ड स्ठटोर बनाउन लागिएको बताए ।
उनले आलु लगायतका तरकारी र फलफुल भण्डारण गर्नका लागि डुडुवाका किसानलाई विशेष फाइदा भएपछि कृषि उत्पादनमा बृद्धि तथा बजारीकरणको सम्भावना अझै बढने अपेक्षा गरिएको बताए ।
अध्यक्ष चौधरीले गाउँपालिकाको दोस्रो वर्षको योजनामा परेको यो योजनालाई अहिले कार्यन्वयनमा ल्याउदा किसानका समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे ।
करिब १३ कठ्ठा जग्गामा निर्माण हुन लागेको अत्याधुनिक प्रविधिसहित बुउदेश्यीय भण्डारको लागत ६ करोड ७ लाख ५४ हजार दुई सय १२ रुपैयाँ हुने जानकारी दिइएको छ ।
गाउँपालिकाको यसवर्षको बजेटमा प्रदेश सरकारको नगद अनुदानमा प्राप्त ७५ लाख रुपैयाँ कोल्ड स्टोरका लागि विनियोजन गरिएको छ । योजनालाई बहुवर्षीय आयोजनाकारुपमा अघि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले जानकारी दिए ।
कोल्ड स्टोरेजसँगै प्रशासनिक कार्यालय भवन, गेष्ट हाउस, शौचालय, वाउण्ड्री वाल, पार्किङको निमाणर् गरिने गाउँपालिकाका इन्जिनियर प्रकाश शाहीले बताए ।
कोल्डस्टोरेजको निमाणर्पछि गाउँपालिकाका किसानसंगै जिल्लाका अन्य किसानलाई पनि राहत मिल्ने अपेक्षा गरिएको छ । १८ महिनाको अवधीमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माणको जिम्मा काठमाण्डौस्थित पारामाउण्ट नेचुरल जेवी निर्माण कम्पनीले लिएको इन्जिनियर सुरेन्द्र बर्माले बताए ।
उनका अनुसार ६ महिना लगाएर योजनाको अत्याधुनिक डिपीआर तयार गरिएको हो ।
गाउँपालिकाले पहिलो ठूलो भौतिक निर्माणको योजना भनेको गाउँपालिकाको प्रशासनिक भवन पछि दोस्रो ठूलो योजना सितभण्डारको रहेको बताएको छ । गाउँपालिका भवन अहिले निमाणर्धिन रहेको र हालसम्म करिब ८० प्रतिशत निमाणर् सकिएको जनाइएको छ ।