कामबाट स्थापित भएका क्षेत्रीय सभापति गुप्ता (भिडियोमा)
Friday, December 3rd, 2021, 10:22 am Kalpristha
विक्रम बुढाक्षेत्री नेपालगन्ज, १५ मंसिर
रमेश कुमार गुप्ता कांग्रेस बाँके क्षेत्र नम्बर २ को सभापतिमा निर्वाचित भएका छन् । कांग्रेसको १४ औँ महाधिवेसन अन्तर्गत क्षेत्रीय निर्वाचन क्षेत्रको अधिवेसनबाट उनी सभापति निर्वाचित भएका हुन् । गुप्ता संस्थापन धारका नेता हुन् । उनी क्षेत्रीय सभापतिमा लगातार दोस्रोपटक निर्वाचित भएका हुन् ।
उनको दाइ नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए । उनी पनि स्कुल जीवनदेखि नै राजनीतिक गतिविधिसँग नजिक भए । क्याम्पसमा रहँदा उनको पारिवारिक पृष्ठभूमिको पूभावले काग्रेसको विद्यार्थी राजनीतिमा थप सक्रिय हुन थाले । २०३९ सालमा नेविसंघको जिल्ला जिल्ला सदस्य भएर काम गरे । त्यसबेला नेविसंघका चुनाव जिताउन उनले भूमिका खेले ।
जनआन्दोलनपश्चात २०४७ सालमा नेवि संघको पुर्नगठन गरियो । त्यस तदर्थ समितिमा निरन्जन सिजापति सभापति र उनी कोषाध्यक्ष्यका भए । त्यही समितिले पछि २०४९ सालमा निर्वाचन हुँदा सिजापति पुनः सभापति भए, उनी कोषाध्यक्ष ।
‘त्यस समय मैले र हाम्रो टिमले ४६ वटा गाविसमा नेवि संघ गठन गरेका थियौँ । अहिलेको अवस्थामा स्कुल क्याम्पसमा मात्र नेवि संघ गठन गर्ने छ । त्यस वर्षमा निर्वाचनलाई मध्यनजर गरेर नेता र विद्याथी नेताहरु मिलेर गाँउ गाँउमा नेवि संघ गठन हुनुपर्छ बनाउनुपर्छ भन्ने सोचले म लगायतका मेरा साथी बाँकेमा एउटा नगरपालिका ४६ वटा गाविस थियो । सबै गाविस र नगरपालिकामा नेवि संघ गठन गरेका थियौँ,’ उनले भने ।
ती नेवि संघबाट आएका नेताहरु अहिले नेपाली काग्रेसमा सक्रिय छन् । उनी नेवि संघबाट पार्टीमा दसौँ महादिवेशनमा आए । महादिवेशनमा नेपालगन्ज साविकको वडा नम्बर चारबाट सभापति भए । २०४८ सालमा नै उनले नेपाली काग्रेसको क्रियाशील सदस्यता लिएका थिए ।
दसाँै र एघाराँैमा बुथ सभापति भए । बाह्रौँ महादिवेशनमा जिल्ला सदस्य भए । ‘१३औँ महाधिवेशनमा साथी तथा अग्रजहरुले भन्न थाल्नु भयो, तपाईंले राम्रो काम गर्नुभाछ । सबैले चिनेको छन् । यस क्षेत्रको जुन बनोट छ त्यो अनुसार पनि तपार्इं क्षेत्रीय सभापतिका लागि ठिक हुनुहुन्छ । त्यसबेला अग्रज नेताहरुले पुणर्रुपले साथ दिए । त्यसैले पनि म क्षेत्र सभापति भएँ,’ उनले भने ।
सभापति हुदाँ उनले थुप्रै कामहरु गरे । संगठनमा गएका साथीहरुलाई मान सम्मान, गाँउ-गाँउमा नेपाली कांग्रेसलाई चिनाउने वातावरणको लागि उनले स्वास्थ्य शिविरहरु संचालन गरे । ती स्वास्थ्य शिविरमा आँखा र कानका पुरै औषधी निःशुल्क दिए । कानको अर्पेशन निःशुल्क गराए । उनी भन्छन्, ‘म गर्व गर्छु अरु क्षेत्र भन्दा २ नं. ले धेरै कार्य गरेको छ । अरु कार्यकर्ताहरुलाई सोध्दा क्षेत्र नम्बर २ ले सह्राहनीय कार्य गरेको छ भन्ने गर्दछन् । मेरो उद्देश्य भनेको भोलीका दिनमा स्थानिय चुनाव, प्रदेश चुनाव, संघको चुनावमा नेपाली काग्रेसलाई जिताउनुपर्छ भन्ने हो ।’
उनीसँग पार्टीलाई चलायमान बनाउने स्पष्ट योजना छ । २७ वटै वडालाई भाग लगाए जिम्मा दिने र उनीहरुबाट नतिजाको रिपोर्ट पनि लिइने उनको योजना छ । ‘साथीहरुलाई भन्छौँ उहाले इलाका वाइज काम गर्नुहुन्छ । त्यसपछि उहाँहरुसँग हामी १५/१५ दिनमा रिर्पोट लिन्छौँ ।’
उनी अब आउने निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउनुको विकल्प नभएको बताउँछन् । पार्टीको निति, सिद्धान्त र आर्दशलाई हेरेर जनाताले सरकारमा पठाउनु आवश्यक रहेको उनको भनाइ छ । ‘अब बाँकेमा तीनैवटा क्षेत्रका साथीहरु कसेर लागिरहेका छन् । क्षेत्र नं. २ त नेपाली काग्रेसको गढ पनि हो । जितिन्छ । जनताहरुले पनि नेपाली काग्रेसलाई चाँहेका छन्,’ उनले भने ।
पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले झनै मजबुत पार्टी बन्ने उनको विश्वास छ । ‘निवार्चन नौलो कुरा होइन् पार्टी भित्र गुट हुन्छ नहुने होइन । गुट पार्टीको अधिवेशन भएपछि समाप्त भएर जान्छ । जित्नेलाई सम्मान गर्नुपर्छ हार्नेलाई जित्नेले सँगै लिएर जानुपर्छ । सबै साथीहरुले यही मनसाय बनाएका छन् । हार्नेका पनि हामी साथी हौँ जित्नेका पनि साथी हौँ ।’
उनी कम्युनिष्टलाई दुइतिहाइ दिएर पनि उनीहरुले जनताका अपेक्षा पूरा गर्न नसकेको बताउँछन् । उनीहरुको आन्तरिक समस्याले जनताले दुःख पाउनुपरेको उनको भनाइ छ । ‘यहाँसम्म भयो कि पार्टीको आन्तरिक किचलोका कारण दुई पटक संसद विघटन गरियो । सविंधानलाई कुल्चेर वलीले विघटन गर्न खोजे । न्ययालयले यस्तो हुदैन भनी फैसला गर्नुपर्यो । आज उनीहरु छिया छिया छन्,’ उनी भन्छन्, ‘अब जनताले कांग्रेस चाहेको छ । नेपाली काग्रेस देश र जनताको लागि गरिरहेको पार्टी हो । यसलाई स्थापित गर्नुपर्छ भन्ने उहाँहरुको मान्यता रहेको छ ।’अब कांग्रेस जनताको भावनाअनुसार अघि बढ्न्पर्ने उनले बताए ।
नेपाली कांग्रेसभित्रै पनि नेतृत्व परिवर्तनको आवाज उठिरहेका बेला गुप्ता भने अहिलेकै नेतृत्वलाई काम गर्न दिइनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘नेतृत्व सम्हालीरहेका नेतालाई काम गर्ने अवसर दिर्नुपर्छ । कसैले नराम्रो काम गरेको छ भने त्यसको विपक्षमा लाग्नुपर्छ । तर अहिलेको पार्टी नेतृत्वले कांग्रेसलाई बिग्रार्ने काम गरेको छैन,’ उनको निश्कर्ष छ ।