राप्रपामा बाँकेका पाँचजना उम्मेदवार, महामन्त्रीमा धवलशमशेर
Friday, December 3rd, 2021, 9:53 am
Kalpristha
नेपालगन्ज उप-महानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनले निर्वाचनबाट चयन हुने उपाध्यक्ष र महामन्त्रीको उम्मेदवार टुंगो लगाएका हुन् । जसमा राणा महामन्त्रीको उम्मेदवार घोषित भएका हुन् ।
लिङ्देनको प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । त्यस्तै महामन्त्रीमा डा. राणाका साथै श्याम तिमिल्सिना र रेखा थापाले उम्मेदवारी दिने राप्रपा नेता मुकुन्दश्याम गिरीले जानकारी दिए ।
बुधबार सुरु भएको राप्रपाको महाधिवेशनमा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरेका छन् । थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधानको नाम उपाध्यक्षको उम्मेदवारको रुपमा टुंगो लागेको लागेको छ । यस्तै महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार रहेकी छन् । यसैगरी महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाहीको नाम टुंगो लागेको छ ।
राप्रपामा ४ उपाध्यक्ष र ३ महामन्त्री निर्वाचनबाट चयन हुनेछन् भने अरु एक सय ४१ केन्द्रीय सदस्य निर्वाचनबाट आउनेछन् ।
राप्रपाको महाधिवेशनमा बाँकेबाट डा. राणासहित ४ जना नेताले उम्मेदवारी दिने तयारी गरेका छन् । युवा नेता ऋषिराज देवकोटा र नेतृ मिना श्रेष्ठले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन् । देवकोटाले केन्द्रिय सदस्य(खुल्ला) र श्रेष्ठले केन्द्रिय सदस्य महिला(खुल्ला) मा उम्मेदवारी दिन लागेका हुन् । यसैगरी कमल थापाको प्यानलबाट नेता हिक्मत ढकालले केन्द्रिय सदस्य (खुल्ला) मा उम्मेदवारी दिने भएका छन् ।
यस्तै सलाउद्धिन जसगढले मुस्लिमतर्फबाट केन्द्रिय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्

ऋषिराज देवकोटा

मिना श्रेष्ठ

हिक्मत ढकाल

सलाउद्धिन जसगढ