सुनगाभाले मनायो १३औं साधारण सभा
Saturday, December 4th, 2021, 2:07 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ मंसिर
श्री सुनगाभा स्वास्थ्य सहकारी संस्थाले शुक्रबार नेपालगन्जमा आफ्नो १३औं साधारण सभा मनाएको छ । सुनगाभाले बार्षिक प्रतिवेदनसहित शेयर सदस्य, ऋणदातालगायतको उपस्थितिमा सभा सम्पन्न गरेको हो ।
कार्यक्रममा सुनगाभाले कुशल बचत कर्ता एवम् कुशल ऋणकर्तालाई पनि सम्मान गरेको छ । संस्था कुशल बचतकर्ताको रुपमा कल्पना तामाङ, कुशल ऋणकर्ताको रुपमा प्रताव बुढालायतलाई सम्मान गरेको हो ।

कुशल वचतकर्तालाई सम्मान गरिँदै
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका लुम्बिनी प्रदेश एवम् जिल्ला सहकारी संघका अध्यक्ष प्रेमप्रसाद सुवेदीले सुनगाभाले सहकारीका क्षेत्रमा क्रमागत फट्को मार्दै गएको बताए । उनले संस्थालाई संचालन गर्न सबै प्रकारका सहयोगका लागि आफू तत्पर रहेको बताउँदै सुनगाभाका सबै कर्मचारी आ–आफ्नो क्षेत्रबाट इमान्दार हुनुपर्ने बताए ।
कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा रहेकी विजया धितालले सहकारी संचालन गर्न एकजनाको जोडले मात्र नहुने बताइन् । सबै शेयर सदस्य एवम् कर्मचारीले शुनगाभालाई माया गरेमात्र दीर्घकालीन हुने उनले बताइन् ।

कुशल ऋणीकर्तालाई सम्मान गरिँदै
कार्यत्रमा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो । जसमा संस्थाका कूल सदस्य, संस्थाको नाफा, पुँजीलयाएतका विषय प्रस्तुत गरिएको थियो ।