केन्द्रिय सदस्यको दौडमा बाँकेका रबिन्द्रमान श्रेष्ठ
Wednesday, December 8th, 2021, 2:27 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ मंसिर
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा बाँकेबाट रबिन्द्रमान श्रेष्ठले पनि केन्द्रिय सदस्यमा उमेदवारी दिने भएका छन । उनले जनजाती कोटामा आफनो उमेदवारी दिने तयारी गरेको बताए । सफल व्यावसायी एवम खेलकर्मीको छबी बनाएका रबिन्द्रमानले पछिल्लो समय बाँकेमा केन्द्रित रहेर राजनिति गरिरहेका छन । बाँकेको नेपाली कांगे्रसमा रबिन्द्रमान परिवारको योगदान अमुल्य छ । बाँके कांग्रेसका पुर्व पार्टी सभापति कृष्णमान श्रेष्ठका छोरा हुन रबिन्द्रमान । कृष्णमान श्रेष्ठ बाँकेको राजनितिमा कुशल छबी बनाएका नेता हुन । जिल्ला सभापति हुँदा उनी बाँकेमा सर्वमान्य नेताका रुपमा स्थापित थिए । आफनो बाबुको सपना गर्दै बाँकेलाई आर्थिक रुपमा सबल र सक्षम बनाउने लक्ष्य सहित राजनितिमा सक्रिय भएको रबिन्द्रमान बताउँछन ।
बाँके क्षेत्र नम्बर २ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा जितेका रबिन्द्रमान बाँकेका युवाहरुका लागि राजनितिमा आर्दश नेताका रुपमा चिनिन्छन । व्यावसायिक क्षेत्रमा पनि उनी ब्राण्डका रुपमा स्थापित छन । व्यवसायमा उनले नेपालका ठूला व्यवसायिक प्रतिष्ठानको नेतृत्व गर्दै तिनलाई बजारमा स्थापित गरेर एक सफल व्यवसायिक नेतृत्वकर्ताको परिचय दह्रोगरी दिए । तिनै एक सफल पूर्व फुटबलर र हालका एक सफल व्यावसायिक ‘लिडर’ रविन्द्रमान श्रेष्ठ पछिल्लो समय राजनीतिक नेतृत्वको मार्गमा सक्रियता बढाइरहेका छन् ।

हुन त उनको पारिवारिक पृष्ठभूमि नै राजनीतिले ओतप्रोत छ । उनका पिता बाँकेको राजनीतिका एक प्रसिद्ध पात्र हुन् । नेपाली कांग्रेस बाँकेका पूर्वसभापति कृष्णमान श्रेष्ठ र उनको परिवार नै समाजको अगुवाईमा अग्रसर हुँदै आएको परिवार हो । त्यसकारण रविन्द्रमानमा राजनीतिको उर्जा नहुने त कुरै भएन । तर, त्यो पारिवारिक पृष्ठभूमिले दिने स्वभाविक उर्जालाई उनले खेल क्षेत्र र व्यावसायिक जीवनका प्रयोग गरे ।
२०३८ सालको प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा भेरी अन्चलको टिमबाट फुटबल खेले । खेल जिताउन गोल गर्दै मुख्य भूमिका निभाए ।
त्यहीपछि उनी राष्ट्रिय टिममा परे । राष्ट्रिय स्तरका आधा दर्जन खेलहरु खेले । विभिन्न क्लबका तर्फबाट व्यावसायिक फुटबल खेले । खेल जीविकोपार्जनको भरपर्दाे विकल्प नबिनसकेको अवस्थामा उनले बाध्यतावश पढाइ र जागिरतर्फको बाटो रोजे । उनले डेनमार्कबाट एमबिए गरेका छन् ।
तर खेल उनको जीवनशैलीको अंग सधैं भइरह्यो । उनी हाल नेपाल प्रोफेश्नल गल्फर्स एशोसियसनको अध्यक्ष छन् । उनले नेपालका ठूला खेल प्रतियोगिताहरु प्रायोजनमा व्यावसायिक क्षेत्रबाट अग्रणी भूमिका निभाएका छन् ।
सुरुवातमा सुर्य नेपालबाट व्यवसायिक दुनियाँमा कदम राखेका रविन्द्र त्यहीँबाट एक सफल व्यावसायिक नेतृत्वकर्ताकारुपमा स्थापित भए । गोर्खा ब्रुअरीलाई नेपालमा स्थापित गराउन रविन्द्रमानले देखाएको नेतृत्व कौशल सबैका लागि प्रेरणा बन्यो । उनले मायोज चाउचाउको सिइओ भएर त्यसलाई पनि स्थापित गराए । त्यसपछि डिसहोमको स्थापनाकालको ‘सिइओ’ बनेर उनले डिसहोमलाई गाउँ–गाउँमा पु¥याए । डिसहोममा सफल कार्यकाल सकेर अहिले उनी आफ्नै गृहजिल्ला बाँके फर्किएका छन् । कोहलपुरमा न्यु एभरेष्ट डिस्टिलरी उद्योग र निसानको डिलर उनले हाँकीरहेका व्यावसायिक प्रतिष्ठानहरु हुन् ।