डुडुवाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा
Wednesday, December 8th, 2021, 6:26 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डुडुवा, २२ मंसिर
डुडुवा गाउँपालिकाले आफ्ना विभिन्न विकास निमाणर्का योजनाहरुको अनुगमन गरिरहेको छ ।
गाउँपालिकाद्वारा निर्मित विभिन्न ठूला तथा साना योजना अन्तर्गतका भौतिक पूर्वाधारहरुको अनुगमन गर्ने कार्य गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए । उनका अनुसार सबैभन्दा ठुलो योजना गाउँपालिकाको प्रशासनिक भवन, विद्यालय भवन तथा विभिन्न धार्मिक स्थलमा निर्मित भौतिक पूर्वाधारको अनुगमन गरिएको हो ।
गाउँपालिकाको प्रशासनिक भवनको निमाणर्को काम करिब ८० प्रतिशत पूरा भएको जनाइएको छ । तीव्र गतिमा निमाणर् भईरहेको भवन अब केही महिनाभित्रै सञ्चालनमा ल्याइने गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । अध्यक्ष चौधरीले गाउँपालिकाको भवनको अभावले गुणस्तरीय सेवा प्रवाह र साधन स्रोतको परिचालन तथा व्यवस्थापन गर्न समस्या भएकाले नयाँ भवनबाट छिट्टै सेवा प्रवाह हुने विश्वास दिलाए ।
गाउँपालिका अध्यक्ष चौधरी नेतृत्वको समूहले निमाणर् सम्पन्न भएको वडा नम्बर-४ स्थित मस्जिद र नवनिर्मित वडा नम्बर-६ स्थित श्री सरस्वती मावि भंघोटनामा दुई कोठे भवनको अनुगमन गरिएको हो । वडा नम्बर-४ मोल्हुपुर्वामा मस्जिद निमाणर्का लागि आठ लाख र हिरिमिनियाको विद्यालयको दुईकोठे भवन २६ लाखको लागतमा निमाणर् सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले जानकारी दिए ।
अनुगमन टोलीमा गाउँपालिका अध्यक्ष चौधरी, उपाध्यक्ष शाहिदा बानो, कार्यपालिका सदस्यसहितको जनप्रतिनिधी, प्रमुख प्रशासकीय अधिकृत उपाध्याय, प्राविधिक प्रमुखलगायतको समुहको सहभागिता रहेको थियो ।