खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुँदै
Thursday, December 9th, 2021, 5:00 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ मंसिर
आजबाट ‘बाँके जिल्ला खुल्ला ब्याडमिन्टन प्रतियोगिता’ सुरु हुँदै छ । बाँके जिल्ला ब्याडमिन्टन संघले नेपाली सेनाको भैरव प्रसाद गण र कर्मचारी मिलन केन्द्र बाँकेसँगको संयुक्त आयोजनामा प्रतियोगिता सुरु हुन लागेको हो ।
प्रतियोगितामा विभिन्न ६ विधामा प्रतिस्पर्धा हुनेछ । हरेक विधाका प्रथम, द्धितिय र दुईजना तृतियलाई नगद पुरस्कार प्रदान गरिनेछ । मेन्स सिंगल र महिला सिंगलको प्रथम, द्धितिय र दुईजना तृतियलाई क्रमशः पाँच हजार, तीन हजार र एक-एक हजार पुरस्कार रहेको छ । यसैगरी पुरुष युगल र भेट्रान डबलको क्रमशः १० हजार, पाँच हजार र तीन-तीन हजार एवं अन्डर नाइन्टिन गल्र्स र बोइजको समान तीन हजार, दुई हजार र एक-एक हजार रपैयाँ नगद पुरस्कार राशी रहेको छ ।
बाँके जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सञ्जय थापाले जिल्लाबाट क्रमशः राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्ने र त्यसका लागि खेल प्रतिभा प्रवद्र्धन गर्ने योजनाको साथ खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु गर्न लागिएको हो । नेपाली सेनाको भैरवप्रसाद गणका प्रमुख सेनानी जनमत कार्कीज्यूको विशेष पहलकदमीमा यो खुल्ला प्रतियोगिता आयोजना गरिएको थापाले बताए ।
प्रतियोगितामा करिब एक सय खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।