खजुरा र कोहलपुरमा पनि सुरु भयो पायनियरको सेवा
Thursday, December 9th, 2021, 7:26 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ मंसिर
नेपालगन्जमा रहेको पायनियर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आधिकारीक रुपमा खजुरा र कोहलपुरमा पनि सेवा सुरु भएको छ । संस्थाले १०औं वार्षिक साधारण सभाको अवसरमा थप दुई स्थानमा आफ्नो सेवा विस्तार गरेकोे हो ।
बिहीबार नेपालगन्जमा सम्पन्न पायनियरको सभालाई प्रमुख अतिथिका रुपमा नेपालगन्ज उप-महानगरपालिकाकी उप-मेयर उमा थापामगर गरिन् । त्यस्तै समितिका अध्यक्ष शशि श्ंवारको अध्यक्षता सम्पन्न कार्यक्रमको विशिष्ठ अतिथिका रुपमा प्रदेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडका वरिष्ठ उपाध्यक्ष प्रकाश ज्ञवाली रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि मगरले सहकारीमैत्री कानुन बनाउन कठिनाई भएका कारण सहकारीका मागहरु सम्बोधन गर्न नसकिएको बताइन् । उनले आगामी दिनमा कानुनको व्यवस्था गरी सहकारी संस्थाहरुलाई भरपुर सहयोग गर्ने बताइन् ।
अध्यक्षमा श्वार
सभाले नयाँ कार्यसमितिको पनि चयन गरेको छ । सभाले पुनः समितिको अध्यक्ष शशि श्वारलाई अध्यक्ष बनाएको छ । त्यस्तै समितिको उपाध्यक्षमा मुकट ढकाल, सचिवमा मिनकुमारी भुषाल तुलाधर र कोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठलाई चयन गरेको छ । साथै सदस्यहरुमा विनय श्रेष्ठ, सिला रेग्मी र विष्णु खनाल चयन भएका छन् । सभाले सातजनाको कार्यसमितिसहित लेखा सुपरिवेक्षक समितिको सर्वसम्मतले चयन गरेको हो ।
असहाय बालबालिकालाई पढाउने
पायनियरले असाय तथा सडक बालकालिकाको पढ्न पाउनु पर्ने अधिकारको वकालत गर्दै अक्षय कोष संचालनका लागि रकम विनियोजन गरेको छ । संस्थाले साकोसबाट २५ हजार र लायन्स क्लब अफ नेपालगंज इन्नोभेटिभले प्रारम्भिक रुपमा २५ हजार रुपैयाँसहित ५० हजार रुपैयाा रहने गरी सम्झौता भएको हो ।
त्यसैगरी संस्थाले आगामि रणनीतिमा रक्तदान, हेल्थ क्लिनीक, स्वास्थ जनचेतना जगाउने प्रकारका गतिविधि संचालन गरिने जनाएको छ । सबै गाउँपालिकाहरु कार्यक्षेत्र भित्र पर्ने भएकोले, समुह निर्माण तथा कृषि तथा उद्यमशिलता विकासका कार्य गर्र्नेलगायतका नीति संस्थाको रहेको छ ।
आर्थिक उकालो
संस्थाको आब २०७७/०७८ को सुरुमा चार करोड छत्तिस लाख पचपन्न हजार तीन सय अठार रहेकोमा आबको अन्तसम्मको अवधिमा निक्षप संकलन पन्ध्र करोड छयालिस लाख चौरासी हजार छ सय सन्तानब्बे रहेको छ । निक्षेप भुत्तानीमा भने चौध करोड छयालीस लाख एक हजार तीन सय बत्तिस गरी बाँकी निक्षेप पाँच करोड सैत्तिस लाख अठ्तीस हजार छ सय बयासी रहेको छ ।
त्यसैगरी कर्जा प्रवाह तर्फ आब २०७७/०७८ को सुरुवातमा चार करोड सत्र लाख छ हजार एक सय तीन मात्र गरी, कर्जा असुली चार करोड उनान्चालिस लाख बयालिस हजार पाँच सय सत्ताईस मात्र गरी कर्जा लगानी छ करोड उनानब्बे लाख सत्ताईस हजार पाँच सय त्रिसठ्ठि गरी अषाढ मसान्तमा कर्जा बाँकी छ करोड छैसठ्ठि लाख एकाउन्न हजार एक सय उनान्चालिस रहेको संस्थाले जनाएको छ ।