टकसारले मनायो पहिलो साधारण सभा
Friday, December 10th, 2021, 6:08 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ मंसिर
टकसार रियल स्टेट प्रालिले शुक्रबार नेपालगन्जमा आफ्नो प्रथम वार्षिक साधारण सभा मनाएको छ । टकसारले स्थापनाको १० महिनामा साधारण सभा मनाएको हो ।
ईश्वरप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमा प्रमुख अतिथिका रुपमा त्रिभुवन विश्वविद्यालयका सहपरीक्षा नियन्त्रक सुमन गौतम र विशिष्ठ अतिथिका रुपमा नेपालगन्ज दैनिकका सम्पादन झलक गैरे रहेका थिए ।
कार्यक्रममा उपस्थित अतिथिले कोभिडको असरका बिचपनि टकसारले आफ्नो व्यापार व्यवसायलाई विस्तार गर्न सकेको बताए । उनीहरुले रियल स्टेटका क्षेत्रमा टकसारले छोटो समयमा आफ्नो व्यापारलाई उच्च स्थानमा राख्न सफल भएको बताए । साथै त्यसैगरी टकसारले छोटो समयमा राम्रो नाफा आर्जन गर्न सकेको अतिथिहरुले बताएका छन् ।

उपस्थित सहभागी
कार्यक्रममा अध्यक्ष पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् । पोखरेलले संस्थाका विभिन्न योजनाका कूल प्रक्षेपित परियोजना मुनाफा, बाँकी मौज्दात जग्गा विवरणका बारेमा जानकारी दिएका थिए ।
संस्थाका सचिव महेश्वर जोशीले संस्थाले गरेको प्रगतिमा सबैको ठूलो योगदान रहेको बताए । उनले हरेक क्रियाकलापमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कम्पनीका हीतमा सबैको सोच रहेको बताए ।
सचिव जोशीले संस्था विभिन्न उपसमिति रहेको बताए । उनले आर्थिक, खरिद, निर्माण, बजार प्रवद्र्धनजस्ता उपसमिति रहेको र सबैले आफ्नो–आफ्नो क्षेत्रमा काम गर्ने बताए ।

उपस्थित सहभागी