‘हामीहरुले व्यापार गर्न सिक्यौं’
Saturday, December 11th, 2021, 4:47 pm
Kalpristha
विक्रम बुढाक्षेत्री
नेपालगन्ज, २५ मंसिर
शनिबार नेपालगन्जमा रहेको स्प्रीङडेल एकेडेमीमा संचालित कार्यक्रममा अरु कार्यक्रमभन्दा फरक किसिमको देखिन्थ्यो । कार्यक्रममा अन्य कार्यक्रम झै अतिथि, स्टेज, नाचगाना, अभिभावक तथा विद्यार्थीको गुइँचो, अतिथिका शुभकामना भाषण त छदै थिए । त्योभन्दा फरक त्यहाँ रहेका खानाका स्टल देखिन्थ्यो । कार्यक्रममा गएका हरे व्यक्तिको ध्यान कार्यक्रममा रहेका ती स्टलहरुले आफूतिर आकर्षण गरेको देख्न सकिन्थ्यो ।
विद्यालयको प्राङ्गणमा संचालित ‘स्प्रीङडेल इन्टिक्रेड प्रोग्राम–२०७८’ मा मानिसहरुको उपस्थित धेरैनै रहेको अनुमान गर्न सकिन्थ्यो । कार्यक्रम स्थलको तुलनामा मानिसको संख्या धेरै भएका कारण मानिसहरुलाई नधकेली एक ठाउँबाट अर्को ठाउँ जना सकिने अवस्थापनि थिएन् । त्यो भिडलाई अझ धेरै कठीन कार्यक्रममा रहेको खाना स्टलहरुले बनाएका थिए ।
विद्यालयका बलबालिकाले शिक्षकहरुको साहायतामा विभिन्न समूह बनाएर आ–आफ्नो खानाका स्टल लगाएका रहेछन् । नेपाली खानाका परिकारका स्वादमा उनीहरुले गरेको व्यापारले विद्यालयको शैक्षिकस्तर धेरै राम्रो रहेको सहजै अनुमान लगाउन सकिन्थ्यो । त्येही स्टलमा सोही विद्यालयकी कक्षा ९ मा अध्यनतर भवना सुनार आफ्नो साथीहरुसँग मिलेर सेलरोटी र चुकौती बिक्री गर्न व्यस्त देखिन्थिन् । सायद उनलाई मसँग कुरा गर्नपनि फुर्सद थिएन होला ।

खाना बिक्री गर्दै विद्यार्थी
‘हामीले नेपाली ट्रेडिस्नल सेलरोटी र पाल्पाको पख्र्यात अचार चुकौती बनाएर बिक्री गरिरहेका छौं । अचार र दहीबाट चुकौती अचार तयार परेका हौं । सबैले मन पराउनु भएको छ,’ सुनरले बताइन् ।
सुनरले योभन्दा पहिला पनि विद्यालयमा संचालन कार्यक्रममा पानीपुरी बनाएर बिक्री गरेकी रहेछिन् । उनले बताइन् ,‘पहिला पनि राम्रो बिक्री भएको थियो । यो पालीपनि अरुको भन्दा हाम्रो बिक्री राम्रो भएको छ । सायद पाँच हजारभन्दा बढीको बिक्री हुन्छ होला ।’ उनीहरुले सो पसलमा चार हजारभन्दा बढी लगानी गरेका रहेछन् । सुनारका अनुसार नाफा भएको रकम समूहमा रहेका ६ जनामा भागभण्डा हुनेछ ।
सुनारजस्तै अर्का कक्षा १० मा अध्ययनरत विद्यार्थी मनिस साहु भने खिर र तरकारी बिक्री गर्न व्यस्त थिए । गत वर्ष दुई हजार नाफा कमाएका साहु योपटक पनि राम्रो हुने अनुमाल लगाउँछन् ।
साहुले भने, ‘अहिले पनि राम्रो छ । तर पहिलाको भन्दा अलि कम भएको जस्तो लाग्यो । पहिला दुई हजार नाफा भएको थियो । यो पाली पनि त्यस्तै होला ।’ साहुको समूहमा पनि ६ जना विद्यार्थी रहेछन् ।
अर्की कक्षा नौमा अध्ययनरत रेखा विक आफ्नो साथीहरुको समूहको सहयोगमा पुरी अचार बिक्री गर्न व्यस्त थिइन् । ‘हामीले तीन हजार लगानी गरेर पसल गरेको हो । फाइदा त हुन्छ राम्रो व्यापार भई रहेको छ,’ विकले भनिन् ।
योभन्दा पहिला विकले सेलरोटी बिक्री गरेकी रहेछिन् । अहिले पाँचजनाको समूहमा उनीहरुले व्यापार गरेका रहेछन् ।

खाना बिक्री गर्दै विद्यार्थी
सो स्टरमा रहेको सबै विद्यार्थीहरु व्यपार गर्न सकिने बताए । उनीहरुमध्ये अधिकांश सोही पसललाई बाहिर व्यापारको रुपमा संचालन गर्न सक्ने क्षमता भएको बताउँछन् । उनीहरुको व्यापार देखेर उनीहरुमो व्यापारका विषयमा आत्मबल बढेको देख्न सकिन्छ ।
विद्यालय संचालक हरिसचन्द्र सिजापति र तेपेन्द्र रावल विद्यालय विद्यार्थीमा पढाईसँगै उनीहरुलाई सक्षम बनाउनु पर्ने बताउँछन् । उनीहरुले कार्यक्रममा विद्यालयका विद्यार्थीले संचालन गरेका खाना स्टलहरु विशेष आकर्षणको रहेको बताउदै उनीहरुमा व्यापार गर्न तरिकाका विषयमा पढन भएको बताए ।
विद्यायलय सो स्टलमध्ये उत्कृष्ठका रुपमा पनि घोषण गर्ने विद्यालयले जनाएको छ । स्टलको गुणस्तर, बिक्री, लगानीलगायतका विषयलाई मध्यनगर गर्दे उत्कृष्ण स्टल चयन हुने विद्यालयले जनाएको छ ।
शैक्षिक क्षेत्रको उच्च स्थानमा स्प्रीङडेल
बाँकेको शैक्षिक क्षेत्रमा स्प्रीङडेलले ठूलो योगदान पु¥याएको विभिन्न क्षेत्रका पदाधिकारीहरुले बताएका छन् । शनिबार विद्यालयको प्राङ्गणमा संचालित ‘स्प्रीङडेल इन्टिक्रेड प्रोग्राम–२०७८’ मा उपस्थित अतिथिहरुले स्प्रीङडेलले शिक्षासँगै विद्यार्थीमा व्यवसायिक कारोबारका विषयमा पनि सिकाई गरेको उनीहरुले बताएका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोदप्रसाद न्योपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका समन्वय इकाई प्रमुख रामसुरेश यादव रहेको थिए । त्यस्तै कार्यक्रमको विशिष्ठ अतिथिका रुपमाा नेपालगन्ज उप–महानगरपालिका प्रतिनिधि एवम् वडा १२ का वडा अध्यक्ष वुद्धिसागर सुवेदी रहका थिए । त्यस्तै कार्यक्रममा आकर्षणका रुपमा देउडा तथा लोक गाइका रेखाकुमारी जोशीसाथै राप्ती सोनारी गाउँपालिका प्रशासकिए प्रमुख लोकबहादुर शाही, धम्बोझी माविका पूर्व प्रअ किरण आचार्यलगायतको उपस्थिति रहेको थियो