होलिकाद्वारा १० बढीलाई सम्मान
Saturday, December 11th, 2021, 5:27 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ मंसिर
होलिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १० बढी व्यक्तिहरुलाई सम्मान गरेको छ । होलिकाले आफ्नो २१औं साधारण सभामा उनीहरुलाई सम्मान गरेको हो ।
शनिबार नेपालगन्जमा अयोजित होलिकाको सभामा असल बचतकर्ता, असल ऋणकर्तालगायतलाई सम्मान गरेको हो । सम्मान पाउनेमा असल बचतकर्तामा रामेस्वरी मल्ल, शम्भु बुढाथोकी, जयकरण सिंह, सुशीला क्षेत्री र मिनु मल्ल रहेका छन् । असल ऋणकर्तामा विष्णुकुमारी खड्का, कमला श्रेष्ठ, शम्भु बोहोराक्षेत्री, रत्नदेवी बुढाक्षेत्री र समिम वान हलवाई रहेका छन् । साथै होलिकाले २०७७ मा आयोजित रक्तदान कार्यक्रममा सहयोग पु¥याउनेलाई पनि सम्मान गरेको छ ।
उनीहरुलाई कार्यक्रमका अतिथिहरुले खादा ओडाएर सम्मानपत्र प्रदान गरेर सम्मान गरेका थिए ।
समितिका अध्यक्ष गजेन्द्रकुमार खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा बचत तथा ऋण जिल्ला संहकारी संघ लिका अध्यक्ष प्रकाश ज्ञवाली रहेको थिए भने संस्थाका पूर्वसंचालक पुरनबहादुर थापा विशिष्ठ अतिथिका रुपमा रहेका थिए ।
कार्यक्रममा सहभागीले होलिका बाँके जिल्लाको उत्कृष्ठ सहकारी रहेको बताएका थिए । उनीहरुले सहकारीले आफ्नै भवन बनाएर सेवा विस्तार गर्न सुझाव दिएका थिए । साथै शेयर सदस्यले होलिकालाई बलियो बनाउन बेला बेलामा आफूले पनि सहकारीका विषयमा चासो दिनुपर्नेमा जोड दिएका थिए ।
होलिका सहकारीमा हाल एक हजार चार सय ५६ जना सेयर सदस्य रहेका छन् । हाल होलिकाको ब्याजदर भने ११ देखि १५ प्रतिशतको बिचमा रहेको छ । आव २०७७÷०७८ सम्म संस्थाको सेयर पुँजी भने एक करोड चार लाख २६ हजार सात सय रहको छ ।