योग समितिको अध्यक्षमा पुन: भट्टराई
Saturday, December 11th, 2021, 6:40 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ मंसिर
योग समिति नेपालको अध्यक्षमा पुन ः योग गुरु गिरीराज भट्टराई चयन भएका छन् । शनिबार नेपालगञ्जमा आयोजना गरिएको योग समिति नेपालको साधारणसभा तथा दोस्रो अधिवेशनबाट पुन भट्टराईको अध्यक्षमा सर्वसहमतिबाट १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
नव निर्वाचित कार्यसमिति उपाध्यक्षद्धयमा लोकमाया सुबेदी (सुमित्रा) र जगदिश तिमल्सेना, सचिवमा निर्माला शाह, सहसचिवमा शालिकराम खनाल, कोषाध्यक्षमा अम्बिका कोईराला, सहकोषाध्यक्षमा मन्दरा शर्मा चयन भए ।
निर्वाचिन समिति संयोजक बिश्वजित तिवारीका अनुसार कार्यसमिति सदस्यहरुमा जया चन्द, शर्मिला शाह, सरिता सिंह, ज्योति प्रसाद पौडेल, झविलाल शर्मा र टंकनाथ पौडेले चयन भएका छन् ।
यस्तै खिमानन्द अर्याल र चिरन्जीवि ज्ञवाली मनोनित सदस्यमा चयन भए । निर्वाचन समितिमा तिवारीसंगै अरुण कुमार सिंह र मेघनाथ ढकाले जिम्मेवारी निभएका छन् ।
यसैबीच अधिवेशनको उद्घाटन शत्रमा बोल्दै बरिष्ठ आर्युवेद चिकित्सक बुद्धि प्रकासश रेग्मीले योग समिति बास्तविक रुपमा समस्यामा परेका र सहाराबिहिनलाई सहारा दिने काममा सक्रिय बन्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष एवं महासंघ बाँकेका पूर्वअध्यक्ष शुक्रऋषि चौलागाईले समितिले गर्दै आएको कार्यको सराहना गरे ।
उद्घाटन शत्रमा समितिका सल्लाहकार नेपालगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य, सल्लाहकार तथा जनता समाजवादी पार्टी बाँकेका उपाध्यक्ष राजन बहादुर रानामगर लगायतले बालेका थिए ।
यसैगरी साधारणसभाको अवसरमा कोरोना बिरुद्धको योद्धाहरुलाई सम्मानित गरिएको छ । कोरोना महामारीका समयमा पनि समुदायस्तरमा जनचेतना फैलाउने योग समिति नेपालका कोरोनाबिरुद्ध लागेका एक दर्जन व्यक्तिहरुलाई प्रमाण तथा दोसल्लामार्फत सम्मानित गरिएको हो ।