कांग्रेसको केन्द्रिय सदस्यमा रबिन्द्रमानको उमेदवारी
Saturday, December 11th, 2021, 10:37 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, २५ मंसिर
खेलकुद र व्यापारिक क्षेत्रमा स्थापित व्यक्तित्व बाँकेका रबिन्द्र मान श्रेष्ठले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवारी दिएका छन ।
बाँके क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित रबिन्द्रमानले संस्थापन पक्षबाट खुला केन्द्रिय सदस्य पदमा उमेदवारी दिएका हुन । रबिन्द्र मान श्रेष्ठ बाँकेका पुर्व पार्टी सभापति कृष्णमान श्रेष्ठका छोरा हुन । रबिन्द्रमान फुटबलका पुर्व राष्ट्रिय खेलाडी हुन ।
सफल व्यावसायी एवम खेलकर्मीको छबी बनाएका रबिन्द्रमानले पछिल्लो समय बाँकेमा केन्द्रित रहेर राजनिति गरिरहेका छन । कृष्णमान श्रेष्ठ बाँकेको राजनितिमा कुशल छबी बनाएका नेता हुन । जिल्ला सभापति हुँदा उनी बाँकेमा सर्वमान्य नेताका रुपमा स्थापित थिए । आफनो बाबुको सपना गर्दै बाँकेलाई आर्थिक रुपमा सबल र सक्षम बनाउने लक्ष्य सहित राजनितिमा सक्रिय भएको रबिन्द्रमान बताउँछन ।
रबिन्द्रमान बाँकेका युवाहरुका लागि राजनितिमा आर्दश नेताका रुपमा चिनिन्छन । व्यावसायिक क्षेत्रमा पनि उनी ब्राण्डका रुपमा स्थापित छन । व्यवसायमा उनले नेपालका ठूला व्यवसायिक प्रतिष्ठानको नेतृत्व गर्दै तिनलाई बजारमा स्थापित गरेर एक सफल व्यवसायिक नेतृत्वकर्ताको परिचय दह्रोगरी दिए । तिनै एक सफल पूर्व फुटबलर र हालका एक सफल व्यावसायिक ‘लिडर’ रविन्द्रमान श्रेष्ठ पछिल्लो समय राजनीतिक नेतृत्वको मार्गमा सक्रियता बढाइरहेका छन् ।