नमूनाको अध्यक्षमा पुनः बोहरा
Sunday, December 12th, 2021, 5:59 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ मंसिर
आइतबार नेपालगन्जमा सम्पन्न भएको नमुना बहुउद्देश्यीय सहकारी संस्थाको १३औं वार्षिक साधारण सभाले समितिको अध्यक्षमा पुनः सुनिता बोहरालाई चयन गरेको छ । सभाले सुनितासहित नौ कार्यसमिति सदस्यलाई चयन गरेको हो ।
सभाले समितिको उपाध्यक्ष चन्द्रादेवी गुरुङ, सचिवमा संगिता राई र कोषाध्यक्षमा रीता रानालाई चयन गरेको हो । त्यस्तै सदस्यहरुमा रीषाकुमारी रावत, विजयरानी सिंहसोनी, रोभादेवी थापा, शान्ति रोका र जानकी केवट चयन भएका छन् । लेखा सुपरिवेक्षन समितिमा भने गजे थापा, पार्वती थापा र भरतबहादुर बर्मा चयन भए ।
नेपालगन्ज उप–महानगरपालिका–४, सल्यानीबागमा अवस्थित नमुना बहुउद्देश्यीय सहकारी संस्थामा तीन सय तीन शेयर सदस्य रहेका छन् । सहकारी तथा डिभीजन कार्यालय, बाँकेमा विस २०६५ साउन १५ मा दर्ता भई संचालनमा आएको समुदायमा आधारित यस बहुउद्देश्यीय सहकारीमा स्थापना कालदेखि नै महिलाहरुद्वारा संचालित रहेको छ ।
सहकारीले गत आव २०७७÷०७८ मा तीन सय निक्षेपकर्ताबाट २९ लाख ८४ हजार ७० रुपैयाँँ बचत संकलन गरेको थियो । संस्थाले आवको अन्त्यतिर ६० लाख २० हजार शेयर कारोबार पनि गरेको थियो ।
नेपालगन्ज उप–महानगरपालिकाको वडा नम्बर १ देखि १७ सम्म कार्यक्षेत्र रहेको यस संस्थाले आगामी आव २०७८÷०८९ मा बचत र शेयर कारोबारमा वृद्धि गर्दै वित्तीय कारोबार वृद्धिको लागि आईएमई सेवा संचालन गर्ने योजनाहरु ल्याएको संस्थाले जनाकारी दिएको छ । सहकारीले चालू आवमा एक करोड ४० लाख बराबरको आम्दानी गर्ने लक्ष्य राखेको छ ।
सुनिता बोहराको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा दिब्य सहकारी संस्था लिमिट्डका पूर्वअध्यक्ष पिनाका पुरी रहेका थिए ।