कर्णालीमा एमबिबिएसको औपचारिक शुभारम्भ
Sunday, December 12th, 2021, 7:11 pm
Kalpristha
कालपृष्ट डेस्क
नेपालगन्ज, २६ मंसिर
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा बहुप्रतिक्षित एमबिबिएसलगायत शैक्षिक कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले ती कार्यक्रमको एक समारोहबीच औपचारिक शुभारुम्भ गरिन् । शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले कर्णालीमा एमबिकिएस पढाई सुरु भएसँगै कणर्ालीको नयाँ इतिहास सुरु भएको बताइन् ।
राष्ट्रपति भण्डारीले अब प्रतिष्ठानमा प्रगतिका नयाँ अध्यायहरु थपिँदै जाने बताइन् । उनले भनिन्, ‘प्राचीनकालदेखि खस सभ्यताको आधार भूमिका रुपमा परिचित कर्णाली नेपाली भाषाको जननी बनेर गौरवशाली सिञ्जा सभ्यता विकास गरेको छ । जसले विश्वसामू हाम्रो मौलिकता प्रवद्र्धन गरिरहेको छ । अब उत्कृष्ट चिकित्सक दिएर यसले अर्को परिचय बनाउनेछ ।’
लामो समयदेखि आफ्नै घर आँगनमा उच्चस्तरीय चिकित्सा शिक्षा अध्ययन गर्न पाउने सपना देखेका नागरिकको सपना पूरा भएकामा यसका लागि प्रयास गर्ने सबैलाई राष्ट्रपति भण्डारीले बधाई ज्ञापन गरिन् । उनले प्रतिष्ठान स्थापनाकालदेखि बहुप्रतिक्षित एमबिबिएसलगायत शैक्षिक कार्यक्रम शुभारम्भ गर्ने अवस्थामा ल्याउन योगदान पुर्याउने कणर्ालीवासी जनता, विद्वत समुदाय, प्राज्ञिकजगत्, नेपाल सरकार र सम्बद्ध निकायलाई हार्दिक धन्यवादका साथै बधाई ज्ञापन गरेको थियो ।
राष्ट्रपति भण्डारीले ७६ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको चिकित्सा शिक्षाको शैक्षिक भवनको पनि शिलन्यास गरेकी थिइन् । शैक्षिक कार्यक्रमको शुभारम्भ गरेपश्चात् आइतबारदेखि एमबिबिएस, बी.फार्मा, बिएनएस, बिएमएसलगायत शैक्षिक कार्यक्रमको औपचारिक पढाइ सुरु भएको प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावलले जानकारी दिए ।
मुलुकको ठूलो प्रदेश कर्णाली विकासका दृष्टिले अस्थायी रुपमा पछि परे पनि पवित्र एवं उर्वर भूमिको प्राकृतिक सम्पदाको अपार सम्भावनालाई सदुपयोग गर्न सकिए आर्थिक समृद्धि हुने र त्यसले समुन्नत प्रदेश रुपान्तरणमा सहयोग पुर्याउने राष्ट्रपति भण्डारीको दाबी थियो ।
उनले भनिन्, कर्णालीमा उत्पादित उच्च मूल्यका मह, जडीबुटी, हस्तकला, बहुमूल्य यार्सागुम्बा, कटुकी, सुगन्धित वनस्पति शिलाजित जस्ता वस्तुहरु विदेशमा कम मूल्यमा निर्यात हुने तर त्यसबाट उत्पादित औषधि नेपालीले महँगोमा किन्नुपर्ने बाध्यताबाट छुट्कारा पाउन प्रतिष्ठानले अनुसन्धान केन्द्र स्थापना गर्नुपर्दछ । यहाँ उपलब्ध बहुमूल्य जडीबुटीको पहिचान र उपयोग नेपालमै हुने वातावरण बनाउन सक्नुपर्दछ ।’