बाँके युनेस्को क्लबका दुईजना भारतमा सम्मानित
Sunday, December 12th, 2021, 7:28 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ मंसिर
बाँके युनेस्को क्लबका दुई पदाधिकारी भारतमा सम्मानित भएका छन् । समाजसेवाको क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएवापत क्लबका रवि तुलाधर र अर्थ निर्देशक वेद पंगालीलाई भारतको राजधानी नयाँ दिल्लीमा भारतीय दलित साहित्य अकादमीले डाक्टर अम्बेडकर विशिष्ट सेवा राष्ट्रिय पुरस्कारवाट सम्मान गरेको हो ।
भारतीय दलित साहित्य अकादमीले आफ्नो बार्षिकोत्सवको अवसर पारेर भारत र भारत बाहिरका विभिन्न देशका व्यक्तिहरुलाई सम्मान गर्ने गरेको छ । तुलाधरलाई डा.अम्बेडकर एक्सीलेन्सी सर्विस नेसनल अवार्ड २०२१ र अर्थ निर्देशक पंगालीलाई डा.अम्बेडकर कलाश्री नेसनल अवार्ड २०२१ बाट सम्मानित गरिएको क्लबका संरक्षक प्रवेज अलि सिद्धिकीले जानकारी दिए ।
यसअघि क्लबका संरक्षक तथा संस्थापक अध्यक्ष प्रवेज अली सिद्दिकीलाई पनि भारतीय दलित साहित्य अकादमीले डाक्टर अम्बेडकर विशिष्ट सेवा राष्ट्रिय पुरस्कारवाट सम्मान गरेको थियो ।
बाँके युनेस्को क्लबले विभिन्न अन्तराष्टिय गैर सरकारी संस्था र सरकारी निकायहरुसंग मिलेर बाँके र बर्दिया जिल्लामा समाजसेवा गर्दै आएको छ ।