गाउँका विधान बनाउँदै बरघरहरु
Sunday, December 12th, 2021, 8:05 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
बाँसगढी, २६ मंसिर
बासँगढी नगरपालिकाका बरघरहरु प्रत्येक गाउँमा गाउँको विधान बनाउने भएका छन् । बासँगढी नगर बरघर संजालका अध्यक्ष जोगिराम चौधरीको अगुवाईमा बसेको बखेरीले गाउँको विधान बनाउनुको साथै बिभिन्न निर्णय गरेका छन् । नगर बरघर संजालका सचिव तथा रेडियो गुर्वावा एफएमका कार्यकारी निर्देशक एकराज चौधरीले गाउँको विधानको ढाँचा पनि प्रस्तुत गर्नु भएको थियो ।
विधानमा बरघर चयन गर्ने प्रक्रिया, उहाँहरु कार्यक्षेत्र, काम, कर्तव्य, अधिकार र मर्यादा लगायतको विषय समेतिएको ढाँचा प्रस्तुत गर्नु भएको थियो । बरघरले आफ्नो कार्यक्षेत्रमा सरकारका प्रचलित ऐन नियम विपरीत कुनै पनि काम नगर्ने बखेरीमा छलफल भएको छ । साथै जनप्रतिधिसँग समन्वय गरेर गाउँमा रहेको स–साना झै झगडा समाधान गर्ने, गाउँटोलमा आइपर्ने कुनै पनि काममा सक्रिय सहभागिता जनाउने जस्ता प्रावधान आ–आफ्नो गाउँका विधानमा ल्याउनु पर्ने छलफल भएको छ ।
बरघर प्रथामा सहायक बरघर, चौकिदार, चिरक्या, लोहार, गुर्वा, बैदावा र ढेकेहरका काम, कर्तव्य र अधिकार समेत उल्लेख गर्नु पर्ने भएको छ । आज बसेको बैठकमा बरघर प्रथाभित्र रहेका विकृतिलाई हताउने र संस्कृतीलाई जोगाउने, सांस्कृतीका जागरण अभियान पुष मसान्त भित्र गर्नु पर्ने निर्णय भएको छ । बासँगढी नगरपालिकाका नगरप्रमुख शालिकराम अधिकारीले गाउँको विधान पास गरेर काम गर्न अझै सजिलो हुने बताउनु भयो । नगरपालिकाबाट कानुनी मान्यता दिएपछि कानुनले थारू समुदायमा विद्यमान बरघर प्रथालाई संस्थागत गर्ने छ र बरघर प्रथाभित्र भएको विकृति विसंगति हताउन सहयोग गर्ने नगर प्रमुख अधिकारीले बताउनु भयो ।
त्यसैगरी गुर्वावा एफएमक स्टेशन म्यानेजर पुष्पा चौधरीले सहभागि बरघरहरुलाई आफ्नो गाउँटोलमा भए गरेका विकास निर्माण त्यसैगरी सामाजिक काम लाई गुर्वावा एफएममा समाचार टिपाउन समेत अग्राह गर्नु भएको थियो । त्यसैगरी बासँगढी नगरभित्रका मुल बरघरहरुलाई मार्षिक रुपमा एकसय रुपैया रिचार्ज पनि गर्दै आएको स्टेशन म्यानेजर चौधरीले बताउनु भयो । साथै कोइ बरघर परिचय पत्र पाउन छुट्नु भएको छ भने त्यसको वितरण पनि दिन आग्रह गर्नु भएको थियो ।