ज्ञानेन्द्र कप्तानबाट बर्खास्त, सन्दीप नयाँ कप्तान
Wednesday, December 15th, 2021, 7:20 pm
Kalpristha
राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ल बर्खास्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को बुधबार सम्पन्न बोर्ड बैठकले मल्ललाई कप्तानबाट हटाउने निणर्य गरेको हो । बैठकले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिने समेत निणर्य गरेको छ ।
क्यानले कप्तान मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई जिम्मेवारीबाट हटाउने निणर्य गरेको हो । खेलाडीको केन्द्रिय सम्झौतालाई लिएर कप्तान मल्ल सहित केही सिनियर खेलाडीले सार्वजनीक रुपमा गुनासो गरेका थिए । खेलाडीको वर्गिकरण बैज्ञानिक र व्यवहारिक नभएको मल्ल सहित केही सिनियर खेलाडीको गुनासो थियो ।
सोही विषयलाई लिएर क्यानले खेलाडीसँग स्पष्टिकरण समेत सोधेको थियो । खेलाडीको स्पष्टिकरण चित्त बुझ्दो नभएको र खेलाडी आचार संघीता पालना नगरेको भन्दै क्यानले कप्तान मल्ल सहित खेलाडीमाथि कारबाही गरेको हो ।
बैठकले खेलाडी आचार संघीता उल्लंघनमा मल्ल सहित दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रिय सम्झौताबाट सुरुको ६ महिनाको लागि सहभागी नगराउने निणर्य गरेको छ ।