कांग्रेस उपसभापतिमा पुर्णबहादुर खड्का र धनराज गुरूङ विजयी
Thursday, December 16th, 2021, 6:15 am
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, १ पुष
नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ विजयी भएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सुर्खेतका पुर्णबहादुर खड्काले २ हजार १ सय २१ मत र गुरूङले १ हजार ९ सय ०८ मत ल्याएर विजयी भएका हुन ।
पार्टीका कार्यालय सानेपामा भैरहेको मतगणनामा विजय गच्छदार भने धनराज गुरूङ भन्दा २ मतले पछि पर्दै तेस्रो स्थानमा रहे । विजयी भएका उपसभापति खड्का शेरबहादुर देउवा प्यानलका हुन भने गुरूङ शेखर प्यानलका हुन् ।
गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गरेका थिए ।
यसले अन्तिम नतिजा सार्वजनिक गर्न ढिलाइ भएको थियो । दुई जना उपसभापतिका लागि सात जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। चौथो स्थानमा रहेका चन्द्र भण्डारीले १५८० मत पाए ।
प्रकाशमान सिंह समूहबाट सुजाता कोइराला, स्वतन्त्र तर्फबाट महेश आचार्य र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह उठेका थिए । कोइरालाले ६४४, आचार्यले ५८९ र शाहले १३२ मत प्राप्त गरे ।
देउवाले प्रजातान्त्रिक कांग्रेस गठन गर्दा खड्का केन्द्रीय सदस्य थिए। तेह्रौं महाधिवेशनबाट उनी महामन्त्री भएका थिए । उनी २०४८, २०५१ र २०५६ मा सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट सांसद चुनिएका थिए।
खड्का सूचना तथा सञ्चार र गृहमन्त्री भइसकेका छन । उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए ।
गुरूङ कांग्रेस केन्द्रीय हुन । २०३६ सालबाट राजनीतिमा प्रवेश गरेका उनी २०५३ मा नेपाल विद्यार्थी संघका केन्द्रीय सभापति, २०५४ सालमा तरूण दलका महामन्त्री भएका थिए ।
तेहौं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका गुरूङ २०७० सालमा समानुपातिकतर्फ दोस्रो संविधानसभामा सभासद बनेका थिए ।