सृजनसिल क्रियाकलापमा आदर्शका विद्यार्थी
Friday, December 17th, 2021, 6:26 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ पुस
आदर्श माविले शुक्रबार आफ्नै प्राङ्गणमा ‘आर्ट क्राफ्ट साइन्स एक्जीविसन’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । विद्यार्थीद्वारा प्रस्तुत गरिएका विभिन्न प्रकारका हस्तनिर्मित प्रदर्शनीले कार्यक्रमलाई विशेष बनाएको थियो । कार्यक्रममा राखिएका एक सयभन्दा बढी प्रदर्शनीले विद्यालय प्राङ्गणमा पुगेका कोहीलाई मोहित गरेको देखिन्थ्यो ।

कलाकृति प्रदर्शन गर्दै विद्यार्थी
कार्यक्रममा प्रदर्शनमा राखिएका विभिन्न प्रकारका प्रस्तुतिमा विद्यालयका एक कक्षादेखि १० कक्षासम्मका बालबालिकाको सहमागी रहेको थियो । जसमा विभिन्न प्रकारका आफैैंले बनाएका क्राफ्ट, सूचना सन्देश प्रवाह गर्ने सामान, विभिन्न आविस्कार, सामाजिक कुरुतिलाई दर्शाउने चित्रकला, देशको भौगोलिक वातावरणलगायत एतिहासिल झलक देखाउने प्रदर्शन राखिएका थिए ।

विद्यार्थी
कार्यक्रममा राखिएका प्रस्तुतिमध्ये विभिन्न प्रकारका वैज्ञानिक आविश्कारका प्रस्तुतिले विद्यालयस्तरबाट पनि नयाँ-नयाँ खोज हुने कुरालाई प्रष्ट्याएको थियो । जसमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले दुर्घटनाबाट जोगाउने बनाएकार वस्तुगत उपाय धेरै नै आकर्षण देखियो । विद्यार्थीले प्रस्तुत गरेको उक्त आविश्कार आफैंमा नयाँ र प्रभावसाली देखिएको कार्यक्रममा उपस्थित अभिभावक मुना बुढाक्षेत्रीले बताइन् ।

विद्यार्थी आदित्य शाह, सुवणर् कुनवार र बबिन आचार्यले बनाएका रोबोटिक कार, चस्मा र स्मार्ट स्टीकले कसरी मानिसलाई दुर्घटनाबाट जोगान सकिन्छ भन्ने सन्देश प्रवाह गरी रहेको थियो । उनीहरुले विभिन्न आधुनिक सेन्सरको प्रयोग गरेर सवारी साधनको अगाडि कुनै वस्तु आउँदा गाडि आफैं रोकिने कारको निर्माण गरेका थिए । साथै सवारी चालक निदाएर हुने दुर्घटनालाई कम गर्न एन्टी सिल्प ग्याल्स चस्मा र दृष्टिबिहीन व्यक्तिका लागि स्मार्ट स्टीको आविश्कार गरेका थिए । समूहको नेतृत्व गरेका शाह भन्छन्, ‘हामीले दुर्घटनालाई कम गर्न यी आविश्कार गराएका हौ । यसमा हामीले बनाएको कारले आगाडि कुनै वस्तु आएको खण्डामा आफ्नो डाइरेक्सन चेन्ज गर्ने वा रोकिने गर्दछ । अनि अर्को यो चस्माले गाडी चलाएको बेलमा ड्राइभर निदायो भने यसले साउन्ड दिन्छ र ड्राइभर निदाउन पाउँदैन र यो स्टीकले पनि कुनै चिज अगाडि आएको छ वा दृष्टिबिहीन व्यक्ति कुनै चिजसँग ठोकिन लागेको छ भने यसले साउण्ड दिन्छ ।’
त्यस्तै कार्यक्रममा कक्षा सातमा अध्ययनरत प्रसिद्धिका शर्माले आधुनिक सोलर सिस्टम बनाएकी थिइन् । उनी जस्तै कक्षामा १० मा अध्ययनतर अन्सिका चौधरीको समूहले आधुनिक पानी जहाजको डेमो कार्यक्रममा प्रदर्शनीको लागि राखेकी थिइन् ।
त्यस्तै कार्यक्रमको आकर्षणको रुपमा रहेको हिउँमान्छेको प्रस्तुति पनि उत्तिकै रोचक देखिन्थ्यो । कक्षा १० मा अध्ययनरत जेसिका अग्रवालको समूहले एक हप्ता लगाएर उक्त प्रस्तुति निर्माण गरेको हुन् ।
विद्यालयमा प्रध्यानाध्यपाक टंक गौतम यस्ता किसिमको कार्यक्रमले विद्यार्थीलाई सिकाइमा अग्रता दिलाउने बताउँछन् । ‘यो प्रदर्शनी गर्नुको हाम्रो प्रमुख उद्देश्य विद्यार्थीले जानेका कुराहरुलाई बाहिर ल्याउनु हो । साथै उनीहरुले अरुको देखासिखी गरेको पनि केही नयाँ वस्तु बनाउन उनीहरुलाई प्रेरित पनि गर्दछ,’ उनले भने ।