गेरुवाले सन्चालन गर्यो ८ परियोजना
Wednesday, December 22nd, 2021, 8:27 pm
Kalpristha
गेरुवा ग्रामीण जागरण संघले गत आर्थिक वर्ष २०७७-७८ मा संन्चालन गरेको कार्यक्रमको समाजिक लेखा समाजिक परीक्षण गरेको छ । उक्त सामाजिक परीक्षणमा विभिन्न ८ वटा परियोजनाबाट कूल ३६ करोड ८६ लाख ९४ हजार रुपँैयाको लागतमा खानेपानी तथा सरसफाई, युवा किशोरी तथा बालबालिका, महिला स्वास्थ्य, शिक्षा लक्षित कार्यक्रम गरिएको संघले जनाएको छ । संघले कार्यक्रमहरु बाँके, बर्दिया, कैलाली र कंञ्चनपुरमा सञ्चालन गरेको संस्थाका टिमलिडर हरि प्रसाद सुवेदीले जानकारी दिए ।
संस्थाका अध्यक्ष कृष्णजंग शाहको अध्यक्षतामा भएको कार्यक्रममा समाजिक लेखा परीक्षक नमस्कार शाहले सामाजिक परीक्षणको प्रतिवेदन तथा विभिन्न कार्यक्रमको संयोजकहरुले आ-आफ्नो कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदन उप्पर टिप्पणी गर्दै स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकणर् गिरी, गैर सरकारी संस्था महासघका अध्यक्ष विष्णु तिमिल्सिना र नेपाल रेडक्रस सोसाईटी बर्दिया शाखाका अध्यक्ष कृष्ण प्रसाद गौतमले सामाजिक प्ररिक्षणको महत्व र परीक्षण प्रक्रियामा लाभग्राही वर्गका आवाज र उपस्थितिले प्रवाभकारी भूमिका खेल्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णजंग शाहले सुझावलाई कार्यन्वयन गर्दैजाने प्रतिबद्धता जनाएका छन् ।