एमाले बाँकेका उपसचिव धिताल एकीकृत समाजवादीमा प्रवेश
Thursday, December 23rd, 2021, 4:30 pm
Kalpristha
नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धिताल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । बिहीबार कोहलपुरमा समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सहभागी एक कार्यक्रमका बिच नेता धिताल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । नेता धिताललाई अध्यक्ष नेपालले पार्टीमा स्वागत गरेका थिए ।
धिताल लामो समयसम्म एमालेमा हुँदा नेपाल समुहमा रहदै आए पनि केन्द्रमा १० बुँदै सहमति भएपश्चात एमालेमै रहेका थिए । धिताललाई जिल्ला उपसचिवको जिम्मेवारी दिइएको थियो ।
तर चितवन महाधिवेशनपश्चात धिताल पार्टी तथा अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति रुष्ट रहँदै आएका थिए । धितालले पार्टी परित्याग गर्दा जारी गरेको विज्ञप्तिमा पनि अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विधी र विधान विपरित चलाउन खोजेको र एमालेलाई दक्षिणपन्थी अवसरवादको भासमा डुवाउदै लगेको, माक्र्सवाद, लेलिनवादका मुलभुत सिद्धान्त परित्याग गरेको र पार्टी पार्टी नभई व्यक्तिवादी चिन्तनले ग्रसित भएकोले एमाले पार्टी परित्याग गरेको उल्लेख गरेका छन् ।

प्रेस वक्तव्य
विगत लामो समय देखि बाँकेको कम्युनिस्ट आन्दोलनमा अग्रणी भुमिका खेल्दै आएका धितालको पार्टी परित्यागले एमाले बाँकेमा तरंग ल्याएको छ ।

एमालेबाट दिएको राजीनामा