अस्पतालबाट कारागारका नाइके फरार
Friday, December 24th, 2021, 11:10 am
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, ९ पुस
दाङमा कर्तव्य ज्यानमुद्दामा २० वर्ष कैद फैसला भई सजाय भुक्तान गरिरहेका एक व्यक्ति भागेका छन् । घोराहीस्थित कारागारमा रहेका राजपुर गाउँपालिका निवासी २८ जयराम परियार बिहीबार अस्पतालबाट भागेको प्रहरीले जनाएको छ ।
घोराही कारागारका नाइके समेत रहेका परियार विहिवार दिउँसो फरार भएकोे जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिएका छन् । उनका अनुसार परियार बिहान छालाको उपचार गर्न भन्दै घोराहीस्थित एक अस्पतालमा बिहान ११ बजेतिर प्रहरी जवान धनबहादुर चौधरीसँगै लु३४प ४१० नम्बरको मोटरसाइकल चढेर गएका थिए । उपचारका लागि भनेर हतकडी खोलेपछि परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लगेर भागेका हुन ।
प्रहरी जवान चौधरीको मिलेमतोको परिवार भागेको आशंका भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी काफ्लेले बताए । घटनाबारे चौधरीले दिउँसो चार बजेतिर मात्रै जानकारी गराएका थिए । एसपी काफ्लेका अनुसार परियारलाई भगाउन चौधरीले भूमिका शंकास्पद देखिएपछि उनलाई थुनामा राखेका अनुसन्धान भैरहेको बताए ।
परियारले अहिलेसम्म साढे सात वर्ष कैद सजाय भुक्तानी गरिसकेका थिए। परियारको खोजीमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।