त्रिपुरासुन्दरी नगरपालिकाले निर्माण गर्यो शैक्षिक पाश्र्वचित्र
Friday, December 24th, 2021, 3:22 pm
Kalpristha
शैक्षिक क्षेत्रको गुणस्तरीय विकासको लागि त्रिपुरासुन्दरी नगरपालिकाले पहिलो पटक पन्च वर्षीय शिक्षा योजना निर्माण गरेको छ । नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले तयार गरिएको मस्यौदा माथि सरोकारवालासंग छलफल गरेको छ ।
राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम र समाज जागरण केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा नगर शिक्षा शाखाले शिक्षामा दख्खल राख्ने शिक्षकहरु सम्मलित समिति निर्माण गरेर नगरको शिक्षा पाश्र्वचित्र निर्माणका साथै पन्च वर्षिय नगर शिक्षा योजनाको मस्यौदा तयार गरेको जनाएको छ ।
नगर क्षेत्रमा रहेका ३१ ओटा विद्यालयको भौतिक शैक्षिक ब्यवस्थापन लगायत विद्यार्थी अभिभावक र शिक्षकहरुको अवस्था झल्कने गरी पाश्वचित्र निर्माण कार्यले अन्तिम रुप लिन थालेको र ०७८ देखि ०८२ सम्मको शैक्षिक मस्यौदा निर्माण गरिएको नगर शिक्षा शाखा प्रमुख भिमबहादुर थापाले बताए ।
पाश्वचित्र निर्माण तथा नगर शिक्षा मस्यौदा निर्माण कार्यदलका संयोजक भिमबहादुर धरालाले लामो समयसम्म डोल्पामा रहेर शिक्षा क्षेत्रमा कार्यरत र विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी समालेका दिग्गज व्यक्तित्वहरुको रायसुझाव एवं अनुभव समेटर मस्यौदाको अन्तिम रुप दिन थालिएको बताए ।
पाश्वचित्रमा उल्लेख भएका शैक्षिक सुचकले समग्र नगर शिक्षाको अवस्था झल्काउने भएकाले पहिलो शैक्षिक मस्यौदा माथिको सरोकारवालासँगको छलफलले आवश्यक सुझाव समेटेर मस्यौदाले अन्तिम रुप लिने पनि संयोजक धरालाले बताए ।
त्रिपुरासुन्दरी नगरपालिकाकी उपमेयर चन्द्रकुमारी बुढाले नगरले सबैभन्दा पहिलो कदमको रुपमा शिक्षाको विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको र दिग्गज शिक्षकहरुको अनुभवबाट निर्माण गरिएको पाश्र्वचित्र र पन्च वर्षीय शैक्षिक मस्यौदा कार्यपालिकाको टेबलमा आएपछि स्वतः कार्यान्वयनमा ल्याइने बताइन् ।
राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यत्रलmमका डोल्पा संयोजक रणबहादुर कार्कीले पहिलो छलफलमा ल्याइएको नगरको शैक्षिक मस्यौदा अत्यन्तै राम्रो भएपनि मस्यौदाको मूलभाग मानिने प्रमुख कुरा विद्यालय बालबालिका शिक्षक भौगोलिक अवस्थाको तथ्यांङ्क नदेखिएकाले उक्त कुरा समेट्न सुझाव दिए ।