साना किसान बाँसगढीको १७ औँ साधारण सभा सम्पन्न
Saturday, December 25th, 2021, 6:40 pm
Kalpristha
–अनोज थारु, बर्दिया
बर्दियाको बाँसगढी-८ मा रहेको ढेउढाकला साना किसान कृषि सहकारी संंस्था लक्षमणाको १७औँ वार्षिक साधारण सभा तथा स्थापना दिवस मनाइएको छ । संस्थाले गत आर्थिक वर्ष २०७७-७८ मा १९ करोड ६६ लाख ९५ हजारको आर्थिक कारोबार गर्न सफल भएको संस्थाका अध्यक्ष देवीसरा जैसीले जानकारी दिइन् ।
अध्यक्ष जैसीको सभापतित्वमा भएको साधारण सभाका बासँगढी नगरपालिकाका नगर प्रमुख शालिकराम अधिकारीले संंस्थाले साना किसानहरुलाई सबै क्षेत्रमा समेट्दै शेयर सदस्यहरुलाई पारदर्शिता कायम गर्दै जान सुझाव दिए ।
२०६० साल पुष १० गते स्थापना भएको सहकारीमा हाल दुई हजार तीन सय २० जना शेयर सदस्य र एक करोड ९१ लाख ६६ हजार रुपैया शेयरपुँजी रहेको जानकारी दिइएको छ । संस्थाका प्रबन्धक बालकृष्ण थारुले सहकारी संस्थाले गत आर्थिक वर्षमा ७४ लाख २२ हजार नाफा आर्जन गर्न सफल भएको जानकारी दिए । त्यस्तै सस्थाको कुल निक्षेप रकम नौ करोड ३७ लाख २९ हजार रहेको छ भने जगेडा कोषमा एक करोड ४५ लाख १८ हजार रहेको छ ।
संस्थाले साना किसानहरुको उत्पादन बजारीकरण गर्नका लागि दुध डेरी समेत संचालन गरेको छ । त्यस्तै धान र गोहुको मुल विउ उत्पादन गर्न कृषकहरुलाई उत्पादित बीउमा सरकारको समर्थन मुल्यमा २५ प्रतिशत थप गरेर भुक्तानी दिने गरेको संस्थाका अध्यक्ष जैसीले जानकारी दिइन् ।
साथै सहकारी सस्थाबाट विभिन्न विधामा उत्कृष्ट हुनेहरुलाई सम्मानसमेत गरिएको छ । संस्थामा नियमित दुध विक्रि कर्ने ३० जना कृर्षकहरुलाई बाल्टिन वितरण, तरकारी खेती कर्ने चार जना कृषकलाई प्रतिव्यक्ति पाँच हजारको दरले नगद पुस्कार तथा पशुपालनतिर २० जना कृषकहरुलाई प्रतिव्यक्ति १० हजारको दरले नगद पुस्कार प्रदान गरिएको छ ।
७ जना जेष्ठ नागरिक सदस्यहरुलाई ब्ल्ंयांकेट, प्रमाणपत्र तथा दोसल्ला ओढाएर सम्मान गरीएको छ । यसैगरी एसइईमा उत्कृष्ट हुने २ जना र कक्षा १२ मा उत्कृष्ट हुने २ जना गरेर ४ जना शेयर सदस्यका छात्र छात्रालाई नगद ५ हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।