चौरी मृत्युदर घटाउन डोल्पाका कृषकलाई तालिम
Sunday, December 26th, 2021, 1:52 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, ११ पुस
पशु चौपायामा लाग्ने सामान्य रोगको कारण हुने मृत्युदर घटाउन चौरी पालक कृषकहरुलाई सचेतनामुलक तालिम दिइएको छ ।पशु अस्पताल तथा पशुसेवा कार्यालयले पछिल्लो समय चौरीको मृत्युदर घटाउन जिल्लास्तरका कृषकहरुलाई ३ दिने तालिमको आयोजना गरेको हो ।
चौरीको ब्यवसायी पालन गरिने त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिका शे फोक्सुण्डो छार्काताङसोङ जगदुल्ला गाउँपालिका गरी पाँच ओटा स्थानीय तहका कृषकहरुलाई चौरीमा लाग्ने निमोनिया खोरेत चापा रोग यसको उपचार पद्दती चरनखर्क र खोर बयवस्थापन लगायतका वारेमा तालिममा सहभागिहरुलाई तालिम दिइएको पशु अस्पताल तथा पशुसेवा कार्यालय डोल्पाले जनाएको छ ।
पछिल्लो समय उपल्लो डोल्पामा पर्ने शे फोक्सुण्डो गाउँपालिका छार्काताङ जगदुल्ला गाउँपालिकामा विभिन्न रोगबाट चौरीको मृत्युदर बढ्न थालेपछि चौरीको उपचारमा सहयोग पुर्याई मृत्युदर घटाउन तालिमको आयोजना ग्रिएको र ३ दिने तालिममा चौरीमा लाग्ने रोगको प्राथमिक उपचार खर्क ब्यवस्थापन लगायतका विषयमा प्रशिक्षण दिइएको पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख चन्द्रलाल धरालाले बताए ।
कार्यालय प्रमुख धरालाका अनुसार पशु विमा अन्तरगत चौरीको मृत्यु रकम दावी गर्ने कृषहरुको संख्या बढेपछि चौरी मृत्युदर बढ्नुको कारण पहिचान र मृत्युदर घटाउन तालिमको आयोजना गरिएको हो ।तालिममा सहभागि चौरीपालक कृषक चन्द्रबहादुर लामाले तालिको अज्ञानता औषधी उपचार सम्बन्धि सामान्य जानकारी समेत नभएकाले पनि चौरीको मृत्युदर घटाउन नसकिएको बताए ।
तालिमबाट आफुहरुले चौरीमा लाग्ने रोगको प्रकार लक्षण खर्क ब्यवस्थापन उपचार पद्दतीको ज्ञान प्राप्त भएकाले अपउप्रान्त चौरीको अकालमा हुने मृत्युदर घटाउन सहयोग पुग्ने पनि लामाको भनाई थियो ।३दिन सम्म संचालन भएको तालिममा विभिन्न स्थानीय तहका २९ जना कृषकहरुको सहभागिता रहेको थियो ।