एनआरएन अमेरीका निर्वाचन: उपाध्यक्ष राम सी पोखरेलद्धारा अध्यक्षमा उम्मेद्वारी घोषणा
Thursday, February 23rd, 2017, 3:39 am
amit
अष्टिन (टेक्सास)– गैर आवासिय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनका लागी अध्यक्ष पदका उम्मेद्वारहरु थपिने क्रम जारी छ ।
बर्तमान उपाध्यक्ष राम सी पोखरेलले पनि अध्यक्षमा उम्मेद्वारी घोषणा गर्दै आफ्नो अभियानलाई तिब्र बनाएका छन् । उम्मेद्वारी घोषणाको क्रममा पोखरेलले आफु पद ओगट्नका लागी नभई नेपाली समुदायको हितका लागी अगाडी बढेको बताएका छन् ।
टेक्सासको ड्यालसमा बस्दै आएका पोखरेल बिभिन्न सामाजिक संघसंस्थामा सक्रिय तथा सफल व्यवसायी पनि हुन् । केही आफ्ना भिजनहरु कार्यान्वयन गर्नका लागी नेतृत्वमा हुनुपर्दो रहेछ उम्मेद्वारी घोषणा पछि पोखरेलले भने अवको केही दिनमै आफ्ना योजनाहरु लिपिबद्ध गरेर सार्वजनिक गर्नेछु ।
राजनीति, जातजातीका आधारमा बिभाजित अमेरिकाको नेपाली समाजलाई एकशुत्रमा गाँस्ने, एनआरएनलाई साँच्चै नेपालीको हितका लागि खोलिएको संस्था हो भनेर चिनाउने अभियान लिएर निर्वाचनमा होमिएको पोखरेलले बताएका छन् ।
पोखरेलको उम्मेद्वारी संगै टेक्सासको ड्यालसबाट मात्रै दुई जनाले अध्यक्षमा आफ्नो दावी प्रस्तुत गरेका छन् ।
यसअघि ड्यालसका व्यवसायी गौरी जोशीले अध्यक्षमा उम्मेद्वारी घोषणा गरिसकेका छन् ।
बर्तमान उपाध्यक्ष रबिना थापाले पनि गत आइतवार औपचारीक कार्यक्रम गरेरै अध्यक्षमा आफ्नो उम्मेद्वारी घोषणा गरिसकेकी छिन् । यसतै मनमोहन सिंह घिमिरे तथा टेम्बा शेर्पाले पनि अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् ।