त्रिपुरासुन्दरी नगर युवासंघको प्रथम अधिवेशन
Wednesday, December 29th, 2021, 11:55 am
Kalpristha
-विष्णुप्रसाद देवकोटा
राष्ट्रिय युवासंघ नेपालको नगर अधिवेशन त्रिपुरासुन्दरी नगरपालिकामा सुरु भएको छ । संगठन निर्माण तथा अगुवा कार्यकर्ता भेला समेतको नाम दिएर शुरु भएको युवासंघ नेपालको प्रथम नगर अधिवेशनको नेकपा एमाले कणर्ाली सासंद बदमीक्वारी बुढा र जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले संयुक्त रुपमा ब्यानर खोलेर उद्घाटन गरेका थिए ।
युवा संघ नेपालको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा प्रदेश सासंद बुढाले युवासंघ नेपाल नेकपा एमालेको प्रमुख खम्बा र ढुकढुकी समेत भएको बताईन् । नेकपा एमाले पार्टीलाई जिवन्तता दिने काममा युवासंघले अग्रणी भूमिका खेल्दै आएकाले पार्टीको संगठन निर्माण तथा विस्तारमा युवाहरुले महत्वपूणर् भूमिका खेल्नु पर्नेमा जोड दिईन् ।
जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले केहि पार्टीका सासंदहरुले कागजी योजनाको खोस्टो र उपभोक्ता समिती बनाईदिने प्रलोभन देखाउदै आफ्ना कार्यकर्ता भड्काउने काम गरिरहेको बताउँदै अर्नगल र झुठ्ठा योजनाको प्रलोभनमा नपरेर गलत पार्टीमा प्रवेश नगर्न समेत कार्यकर्तालाई सुझाए ।
यसैबीच नेपाली कांग्रेस, एकिकृत समाजवादी र नेकपा माओवादी परित्याग गरी २४ भन्दा बढी युवा युवासंघ नेपालमा गरेका थिए । दुई सय भन्दा बढि कार्यकर्ताले नगरमा आफु र आफ्नो पार्टी बलियो भएको सन्देश दिन पंन्चे बाजागाजाका साथ सुर्य अंकित झण्डा बोकेर नगरपरिक्रमा समेत गरका थिए ।