एनआरएन अमेरीका निर्वाचन-उपाध्यक्ष डिल्ली भट्टराईद्धारा अध्यक्षमा उम्मेद्वारी घोषणा
Thursday, February 23rd, 2017, 6:00 am
amit
अष्टिन (टेक्सास)- गैर आवासिय नेपाली संघ (एनआरएन) अमेरीकाको निर्वाचन नजिकिदै गर्दा अध्यक्षका आकांक्षीहरु पनि बढ्दै गएका छन् ।
बर्तमान उपाध्यक्ष डिल्ली भट्टराइले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
बुधबार हिमालपाटी डट कम संग कुरा गर्दै उपाध्यक्ष भट्टराईले उपाध्यक्ष भइसकेकोले अनुभव र क्षमता दुबै कारणले पनि आफु अध्यक्षको स्वभाविक उम्मेद्वार रहेको बताए । क्यालिफोर्निया निवासी भट्टराई आइटी कम्पनीमा कार्यरत छन उनको पहलमा उनको कम्पनीले नेपालमा भुकम्प प्रभावित विद्यालयको लागी राहत सहयोग गरेको थियो ।
खगेन्द्र जिसी अध्यक्ष हुंदा सल्लाहकार समेत रहेका बर्तमान उपाध्यक्ष भट्टराईले आफ्नो मिसन पुरा गर्नका लागी पनि एनआरएनको नेतृत्व आवश्यक रहेको बताए । आफु अध्यक्षमा निर्वाचित भए एनआरएनको कार्यलय संचालन गर्दै एक जना कर्मचारी मार्फत हटलाई सेवा स ुचारु गर्ने बताएका छन् ।
अमेरीकामा रहेका बिभिन्न शहरहरुका नेपाली संघ संस्थाहरु संग हातेमालो गर्दै कम्युनिटी सेन्टरहरु स्थापना गर्ने आफ्नो योजना रहेको भट्टराइले बताए ।
साथीभाई लगायत सबैको साथ र सहयोग सहित आफु अध्यक्षमा उम्मेद्वार भएको बताउंदै भट्टराईले सबैको साथ पाउने विश्वास समेत व्यक्त गरे ।
उपाध्यक्ष डिल्ली भट्टराइको अध्यक्षमा उम्मेद्वारी संगै अध्यक्षका लागी तीन उपाध्यक्ष तथा बरिष्ठ उपाध्यक्ष संगै बर्तमान अध्यक्ष केशव पौडेल पनि तयारी अवस्थामा छन भने गौरी जोशी, टेम्बा लामा तथा मनमोहन सिंह घिमिरेले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।