नेपालगन्ज-भारतका लागि श्रीमाता ट्राभल्स सुरु
Saturday, January 1st, 2022, 7:40 pm
Kalpristha
भारतका विभिन्न सहरमा जाने नेपाली यात्रुलाई आरामदायी, भरपर्दो र सुरक्षित रुपमा गन्तव्यसम्म पुर्याउन नेपालगन्जमा श्री माता खैराबाङ टुर एण्ड ट्राभल्स संचालनमा आएको छ । यात्रुको मागलाई ध्यानमा राखेर उक्त टुर एण्ड ट्राभल्सले एसी र नन् एसी बस, फोर्स र कार संचालनमा ल्याएको अध्यक्ष रामगणेश थारुले बताए ।
टुर एण्ड ट्राभल्सको उद्घाटन गर्दै नेपालगन्ज उप-महानगरपालिका-२ का अध्यक्ष सुनिलसिंह हमालले नेपाली यात्रुलाई गन्तब्यमा पुर्याउन नेपालगन्ज र रुपइडिहामा धेरै टुर एण्ड ट्राभल्स संचालनमा आउनु सुखद भएको बताउँदै उद्देश्य अनुसार यात्रुलाई सेवा, सुविधा दिन सुझाव दिए ।
उनले विश्वास जित्नसके यात्रुहरु खोज्दै जाने र संस्थालाई ग्राहक नपाउने समस्या नहुने धारणा राखे । ‘सेवा राम्रो भए तपाईहरुलाई यात्रु खोज्दै भौतारिनु पर्दैन, यात्रुहरु तपाईलाई खोज्दै आउने छन्,’ उनले भने, ‘यात्रुलाई खोज्दै जाने होइन, यात्रुहरु खोज्दै जाने बातावरण मिलाउनुस् ।’
उनले नेपाली यात्रुहरु भारतका सवारी साधनबाट ठगिने र लुटिने गरेको प्रसस्त घटना देख्न तथा सुन्न पाइने गरेको बताउँदै त्यस्तो क्रियाकलापबाट जोगाउने दायित्व सम्बन्धित टुर एण्ड ट्राभल्स संचालकको भएको धारणा राखे । ‘आफ्नो कम्पनीको सवारी साधनमा रहेका यात्रुको सुरक्षा दिने दायित्व पनि स्वयम कम्पनीको हो भन्ने बुझ्न जरुरी छ,’ अध्यक्ष हमालले भने ।
नेपालगन्ज उपमहानगरपालिका १, पुष्पलाल चोकदेखि दुई सय मिटर पूर्व दरवार होटल अगाडी स्थापना भएको उक्त टुर एण्ड ट्राभल्सले प्रत्येक दिन चण्डीगढ, दिल्ली, सिम्ला, रामपुर, गुम्मा, छैला, सेहरु, चौपाल, किनौर, लदाख लगायत ठाउँमा सुविधा सम्पन्न सवारी साधन मार्फत सेवा दिँदै आएको उपाध्यक्ष निर्मल विसीले बताए । उनले यात्रुको आवश्यकता अनुसार अन्य सहरमा पनि गाडी पठाउने गरिएको जानकारी दिए ।
श्री माता खैराबाङ टुर एण्ड ट्राभल्ससँग एसी जडित एक डिलक्स बस, १० फोर्स र दुई वटा कार रहेको सचिव मिस्टर बब्लुले जानकारी दिए । उनले आफ्नो टुर एण्ड ट्राभल्सको सवारी साधनमा यात्रा गर्ने यात्रुलाई पूणर् सुरक्षाको प्रत्याभूती दिने जिकिर गरे ।
कोषाध्यक्ष वीरबहादुर सुनारले यात्रुलाई कुनै कम्प्लेन आउन नदिने गरि सेवा दिने बताए । उनले अन्य टुर एण्ड ट्राभल्स भन्दा गुणस्तरिय र भरपर्दो सेवा दिएर विश्वास जित्ने स्पष्ट पारे । ‘यात्रुले सोँचेको भन्दा गुणस्तरिय सेवा दिन हामी तत्पर छौँ । गन्तब्यमा नपुग्दासम्म यात्रुको सम्पूणर् जिम्मा हामी लिन तयार छौँ,’ उनले भने ।
उद्घाटन कार्यक्रममा सदस्यहरु भरत विक, वीरबहादुर सुनार, दिपन सुनार, अनिल सुनार, बालभुषण तिवारी, हरिकृष्ण तिवारी, रामकृष्ण तिवारी, कृष्ण विक, केवल खड्का, परमजीत कौर, निमबहादुर विक, सुरेश कुमार, सुरज बर्मा, गोपा र मोहन लगायतको उपस्थिति रहेको थियो ।