समृद्ध बाँकेका आधार तय
Saturday, January 1st, 2022, 10:00 pm
Kalpristha
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले संघले पहिलोपल्ट गरेको फरक खालको गोष्ठीले अबको बाँकेको निर्वाचन विकासका मुद्धामा केन्दित हुन दवाब दिने बताए ।
–वीरेन्द्र जैसी
बाँकेका बौद्धिक अगुवाहरुबीच बृहद छलफल भई जिल्लाको समृद्धिका आधारहरु तय गरिएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघले आफ्नो ५४ औँ स्थापना दिवसको अवसरमा अवसरमा आयोजना गरेको समृद्ध बाँकेका आधारहरु विषयक कार्याशाला गोष्ठी आयोजना गर्यो । उक्त गोष्ठीमा जिल्लाका बौद्धिक एवं व्यावसायिक अगुवाहरुबीच बृहद छलफल भई उद्योग, वाणिज्य, पर्यटनलाई जिल्लाको समृद्धिका मुख्य आधार र कृषि, शिक्षा, स्वास्थ्यलाई पनि समृद्धिका आधार मानेर आगामी योजनाहरु तय गरिनुपर्ने निचोड निकालिएको छ ।
गोष्ठीबाट तय गरिएका बाँकेका समृद्धिका आधार र मुद्धा
उद्योगतर्फ :
१. निर्माणधिन औद्योगिक क्षेत्रको शिघ्र पूणर्ता
२. कणर्ाली क्षेत्रमा उत्पादन हुने जडबुटी औद्योगिक उत्पादनमा रुपमा परिणत गर्ने
३. उद्योगका लागि आवश्यक कच्चा पदार्थ उत्पादनका लागि नीतिगत सुधार
४. उद्योगीलाई प्रोत्साहनको नीति
५. कृषिमा विविधिकरण र कृषिमा आधारित उद्योगको विकास
६. बजारीकरणका लागि रेलमर्ग, राजमार्ग र हवाई मार्गको व्यापक विकास
७. स्थानीय कच्चा पदार्थ प्रयोग गर्नेलाई प्राथमिकता
८. रुपैडिहादेखि हिल्सासम्म कणर्ाली करिडोर विकास
९. नेपालगन्जलाई प्रदेशको औद्योगिक राजधानी घोषणा
१०. हरेक पालिकामा औद्योगिक करिडोरको विकास
वाणिज्यतर्फ :
१. आइसिपीको सफलता र सुख्खा बन्दरगाह विकास
२. छोटी भन्सारको पुनस्र्थापना
३. सबै व्यवसायलाई दर्ता
४. सीमामा आवागमन नियमन गर्न परिचयपत्र
पर्यटनतर्फ :
१. नेपालगन्ज विमानस्थललाई राष्ट्रिय गौरवको आयोजनाकारुपमा अघि बढाउनुपर्ने
२. नेपालगन्ज दिल्ली उडान सुरु गर्नुपर्ने
३. होमस्टे बिस्तार
४. स्टार लेभलका होटलहरुमा अनिवार्यरुपमा एउटा स्थानीय स्वादको परिकारको रेष्टुरेन्ट हुनैपर्ने बाध्यात्मक व्यवस्था
कृषितर्फ:
१. कृषि पकेट क्षेत्र बिस्तार
२. तरकारी र खाद्यान्नमा आन्मनिर्भर बनाइनुपर्ने
३. अर्गानिक खेतीमा जोड
शिक्षातर्फः
१. प्राविधिक धारको विश्वविद्यालय स्थापना
२. विदेश जाने विद्यार्थीहरुलाई रोक्ने खालका कार्यक्रम
३. स्थानीय उद्योग, व्यापार र सेवालाई चाहिने जशक्ति उत्पादन गर्ने शैक्षिक कार्यक्रम वा तालिम
स्वास्थ्यतर्फः
१. भेरी अस्पताललाई विशिष्टकृत अस्पतालसँगै शिक्षण अस्पतालकोरुपमा विकास
पुर्वाधारतर्फः
१. रेलमार्ग, हुलाकी राजमार्गको बिस्तार
२. नेपालगन्ज र कोहलपुरमा छुट्टाछुट्टै चक्रपथ निर्माण
३. पूर्वाधारको स्तरोन्नती र ग्रामीण भेगमा पनि पूर्वाधार विकास
४. नेपालगन्ज, कोहलपुर र खजुरालाई डिजिटल सिटीकारुपमा विकास गर्दै स्मार्ट सिटी बनाउनुपर्ने

गोष्ठीमा सहभागीहरु
अग्रणी उद्योगीहरु कन्हैयालाल वैद्य, चम्पालाल बोथरा, सन्जय जैन, साहित्यकार एवं समाजसेवी सनत रेग्मी, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ कार्यशालामा सहभागी भए । यसैगरी, औद्योगिक क्षेत्र व्यवस्थापनक कार्यालय नेपालगन्जका प्रमुख कृष्ण पुन, बाँके राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत श्यामबहादुर साह, त्रिभुवन विश्वविद्यालयका सह-प्राध्यापक अशोक बस्नेत, प्राध्यापक अवरेन्ददत्त मिश्र, उद्योगी व्यवसायी एवं पत्रकारहरु सम्मिलित समूहगत छलफलपछि मुख्य आधारहरुको कार्यान्वयनका विषयहरु पनि तय गरिएको छ ।
कार्यशाला गोष्ठीमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका उप-प्राध्यापकद्वय डा. राजेशकेशर खनाल र कोशराज रेग्मी एवं अन्नपूणर् पोष्ट् दैनिकका उप-सम्पादक शंकरप्रसाद खनालले तयार गरेको समृद्ध बाँकेका आधारहरु विषयक कार्यपत्र प्रस्तुत गरिएको छ । कार्यपत्रले बाँकेमा भौतिक पूर्वाधारको आधार बनिसकेको र अब समयसापेक्ष स्तरोन्नतीको मात्रै खाँचो रहेको उल्लेख गरेको छ ।
बाँकेमा करिब नौ हजार नौ सय ७६ उद्योगहरु रहेको र दुईवटा औद्योगिक क्षेत्र निर्माणधिन अवस्थामा रहेकोले उद्योगलाई जिल्लाको समृद्धिको मुख्य आधार बनाउन सकिने कार्यपत्रको निचोड छ । कणर्ाली क्षेत्रमा उत्पादन हुने जडबुटीलाई हाल संकलन गरेर कच्चा पदार्थकै रुपमा पैठारी हुने भएकोले त्यसलाई औद्योगिक उत्पादनका रुपमा परिणत गर्न सकिने संभाना औँल्याइएको छ ।
बजारीकरणका लागि रेलमर्ग, राजमार्ग र हवाई मार्गको व्यापक विकासमा जोड दिनुपर्ने कार्यपत्रले भनेको छ । यसैगरी, दुवानी वा कर छुट वा अनुदानको व्यवस्था, स्थानीय कच्चा पदार्थ प्रयोग गर्नेलाई प्राथमिकता, अविछिन्न विद्युत प्रणाली, रुपैडिहादेखि हिल्सासम्म कणर्ाली करिडोर विकास, नेपालगन्जलाई प्रदेशको औद्योगिक राजधानी घोषणा र हरेक पालिकामा औद्योगिक करिडोरको विकास गरिनुपर्ने निचोड निकालिएको छ ।
यसैगरी वाणिज्यको विकासका लागि आइसिपीको सफलता, सख्खा बन्दरगाह विकास, छोटी भन्सारको पुनस्र्थापना, सबै व्यवसायलाई दर्ता, सीमामा आवागमन नियमन गर्न परिचयपत्र लागु गरिनुपर्ने निचोड कार्यपत्रको छ । बाँकेको मसृद्धिको अर्को मुख्य आधार पर्यटनको विकासका लागि नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल बनाउन राष्ट्रिय गौरवको आयोजनाकारुपमा अघि बढाउनुपर्ने, नेपालगन्ज दिल्ली उडान सुरु गर्नुपर्ने, होमस्टे बिस्तार, स्टार लेभलका होटलहरुमा अनिवार्यरुपमा एउटा स्थानीय स्वादको परिकारको रेष्टुरेन्ट हुनैपर्ने बाध्यात्मक व्यवस्था लगायतका एजेण्डा कार्यपत्रले प्रस्तुत गरेको छ ।
यसैगरी कृषिको विकासका लागि कृषि पकेट क्षेत्र बिस्तार, तरकारी र खाद्यान्नमा आन्मनिर्भर बनाइनुपर्ने र अगानिक खेतीमा जोड दिइनुपर्ने, शिक्षाको विकासका लागि बाँकेमा प्राविधिक धारको विश्वविद्यालय स्थापना गर्नुपर्ने, विदेश जाने विद्यार्थीहरुलाई रोक्ने खालका कार्यक्रम सन्चालन गर्ने, स्थानी उद्योग, व्यापार र सेवालाई चाहिने जशक्ति उत्पादन गर्ने शैक्षिक कार्यक्रम वा तालिम सन्चालन गर्ने सुझाव कार्यपत्रको छ ।
यसैगरी स्वास्थ्य क्षेत्रको विकासका लागि भेरी अस्पताललाई विशिष्टकृत अस्पतालसँगै शिक्षण अस्पतालकोरुपमा विकास गर्ने, पुर्वाधारतर्फ रेलमार्ग, हुलाकी राजमार्गको बिस्तार, नेपालगन्ज र कोहलपुरमा छुट्टाछुट्टै चक्रपथ निर्माण, पूर्वाधारको स्तरोन्नती र ग्रामीण भेगमा पनि पूर्वाधार विकासमा जोड दिनुपर्ने, नेपालगन्ज, कोहलपुर र डिजिटल सिटीकारुपमा विकास गर्दै स्मार्ट सिटी बनाउनुपर्ने कार्यपत्रको निचोड छ ।
कार्यपत्रमाथि समूहगत छलफल गरी सहभागीहरुले आ-आफ्नो क्षेत्रका विषयहरु थप गर्न सुझाव दिए । छलफलमा सहभागीहरुले दिएका मुख्य सुझावहरु पनि कार्यपत्रकै निचोडमा आधारित छन् ।
कार्यपत्रमाथि सामूहिक छलफलमाथि प्राध्यापक मिश्र, उप्र-प्राध्यापक बस्नेतलगायतले महत्वपूणर् धारणासहित बुँदागत सुझावहरु दिएका थिए । उनीहरुले उद्योगका लागि आवश्यक कच्चा पदार्थ उत्पादनका लागि नीतिगत सुधार, उद्योगीलाई प्रोत्साहनको नीति, कृषिमा विविधिकरण र कृषिमा आधारित उद्योगको विकास लगायतका विषय पन समेट्न सुझाव दिए ।
कार्यक्रममा सहभागीहरुले उद्योग वाणिज्य संघले पहिलोपल्ट जिल्लाका बौद्धिक अगुवाहरुबीच छलफल गराएर जिल्लाको समृद्धिका आधारहरुको एक दस्ताबेज तयार गर्ने र उक्त दस्ताबेजमाथि जिल्लाका राजीतिक अगुवाहरुबीच छलफल गराएर कार्यान्वयनका लागि दवाब दिइने जानकारी दिए । नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले संघले पहिलोपल्ट गरेको फरक खालको गोष्ठीले अबको बाँकेको निर्वाचन विकासका मुद्धामा केन्दित हुन दवाब दिने बताए ।
संघका महासचिव चिरन्जीवी ओलीले संघले जिल्लाका बौद्धिक वर्गलाई संयोजन गरेर राजनीतिक नेतृत्वलाई जनता र समृद्धिका मुद्धामा केन्द्रित गर्न बल पुर्याउने उदेश्यले कार्यक्रम आयोजना गरेको बताए । उनले जिल्लाका अगुवाहरुको सहभागिताबाट तयार भएको दस्ताबेजले जिल्लाको विकासमा उल्लेखनीय योगदान दिने दाबी गरे ।