राष्ट्रिय सभामा कांग्रेस बाँकेबाट चार जना सिफारिस
Saturday, January 1st, 2022, 8:15 pm
Kalpristha
आगामी माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले बाँकेबाट चार जनाको नाम सिफारिस गरेको छ । निर्वाचनका लागि नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले बाँकेसँग नाम मागेपछि पुर्वजिल्ला सभापति युवराज शर्मा, वर्तमान सभापति किरण कोइराला, पुर्वक्षेत्रीय सभापति एवम् संविधान सभा सदस्य अब्दुल हमिद सिद्धिकी ‘भोला’ र महाधिवेशन प्रतिनिधी लुटबहादुर खत्रीको नाम सिफारिस गरीएको कार्यालय सचिव उमेश शर्माले जानकारी दिए ।
निणर्य पश्चात चारै जनाको नाम कांग्रेस लुम्बिनी प्रदेश समितिमा सिफारिस गरेर पठाइसकिएको छ । उक्त निर्वाचनका लागि बाँकेबाट पुरुष र महिला एक/एक जनाको नाम मागेपनि जिल्लामा आकांक्षीको संख्या बढेपछि चारै जनाको नाम पठाइएको हो ।
केसीलाई नेपाली कांग्रेसले यसअघि पनि २०७४ सालको राष्ट्रिय सभा निर्वाचनमा उम्मेवार बनाएको थियो । अपांगताबाट उम्मेदवार बनेका उनी तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गठबन्धनसँग पराजित भएका थिए ।
आगामी माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचन हुदैछ । यसका लागि निर्वाचन आयोगले दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार निर्वाचन कार्यक्रम अन्तरगत शनिबार प्रथम मतदाता नामावली प्रकाशन भएको छ ।
यस्तै सोमबार अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । यसैगरी पुस २० गते मंगलबार उम्मेदवार मनोनयन दर्ता हुनेछ । निर्वाचनका लागि लुम्बिनी प्रदेशका २ सय ९६ मतदाता रहेका छन् । लुम्बिनी प्रदेशका सांसद र स्थानीय तहका प्रमुख तथा उप-प्रमुखले भोट हाल्न पाउनेछन् । लुम्बिनी प्रदेशबाट महिला, दलित र अन्य गरी ३ जना निर्वाचित हुनेछन् ।