प्याब्सन लुम्बिनीको पदाधिकारीमा बाँकेका दुईजना, वरिष्ठ उपाध्यक्षमा जिसी
Wednesday, January 5th, 2022, 12:51 pm
Kalpristha
कोहलपुरमा सम्पन्न अधिवेशनको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लुम्बिनी प्रदेशको पदाधिकारीमा बाँकेका दुईजना चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा ऋषिकेश जि.सी र कार्यकारीणी सदस्यमा राजेन्द्रकुमार आचार्य गरी बाँकेका दुईजनाले जिम्मेवारी पाएका हुन् ।
प्याब्सनको तेस्रो अधिवेशनले बुटवलका लालहरि पाण्डेयको अध्यक्षतामा १३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको छ । तीन वर्षे कार्यकालका लागि चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बाँकेका जि.सी , उपाध्यक्षहरूमा कपिलवस्तुका केशव सापकोटा, पाल्पाका गोविन्द पौडेल, सचिवमा नवपलपरासीका धनराज चापागाई, कोषाध्यक्षमा दाङका अमर राज सुवेदी, सहसचिवमा बर्दियाका तेजनाथ पौडेल, सहकोषाध्यक्षमा रुपन्देहीका महेश भूर्तेल चयन भएका छन् । यस्तै कार्यकारिणी सदस्यहरूमा रुपन्देहीका शारदा ज्ञवाली र रामदेव यादव, नवलपरासीका उपेन्द्र गुप्ता, दाङका वासुदेव रिजाल र बाँकेका आचार्य चयन भएका छन् ।
उद्घाटन समारोह प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षता र लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री सुरेन्द्रबहादुर हमालको प्रमुख अतिथ्यतामा भएको थियो ।
कार्यक्रममा प्याब्सन केन्द्रीय सह-अध्यक्ष डि.के.ढुङ्गाना,सल्लाहकारहरू आषिश श्रेष्ठ, नारायण अधिकारी, सुमन गोपाल आचार्य, निर्मल उपाध्याय, अनिल झा, प्याब्सनका केन्द्रीय उपाध्यक्षहरू ईश्वरबहादुर गुरुङ्ग, कृष्ण अधिकारी र बिष्णु पन्थी, नेशनल प्याब्सन केन्द्रीय सचिव कुसुम रानाभाट लगायतले निजी विद्यालयहरू राज्यको शिक्षा विकासको मेरुदण्ड रहेको तर नेपाल सरकारले भेदभाव गरेको गुनासो गरेका थिए ।
अधिवेशनमा कोषाध्यक्ष केशव सापकोटाले पेस गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । प्रदेश अधिवेशनमा प्रदेशका विभिन्न जिल्लाबाट ३५० जना प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।