तुलसीपुरमा ९ दिन विद्यालयहरु बन्द
Friday, January 7th, 2022, 4:53 pm
Kalpristha
कोरोना संक्रमण बढेपछि दाङको तुलसीपुर उप–महानगरपालिकाभित्रका शैक्षिक सस्थाहरु नौ दिनका लागि मा पठनपाठन बन्द गरिएको छ ।
तुलसीपुरका केही विद्यालयहरुमा अध्ययनरत विद्यार्थी, शिक्षकसँगै अभिभावकहरुमा संक्रमण देखिएपछि संक्रमण दर रोक्नका लागि उप–महानगरपालिकाले भौतिक उपस्थीतिमा विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो । तुलसीपुर उप–महानरपालिकाका निमित्त प्रशासकीय अधिकृतले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै तुलसीपुर उप–महानगरपालिकाभित्र पुस २५ गतेदेखि माघ ३ गतेसम्म सामुदायिक, सस्थागत र शैक्षिक सस्थाहरुको भौतिक उपस्थीतिमा भैरहेको पठनपाठन बन्द गर्ने निर्णय गरिएको जानकारी गराएका हुन् ।

विज्ञप्ति
शून्य दरमा रहेको कोरोना संक्रमण दर तीव्र रुपमा बढ्न थालेपछि संक्रमनको चेन ब्रेक गर्नका लागि उपमहानगरपालिकाभित्रका सबै बिद्यालयहरुलगायतका शैक्षिक सस्थाहरु बन्द गर्ने निर्णय गरिएको तुलसीपुर उप–महानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेयले जानकारी दिएका छन् ।
कोरोनाको संक्रमण बढेपछि यसअघि तुलसीपुर उप–महानगरपालिकाअन्तर्गत रहेका मावि अश्वारा, गुरु जजुर मावि रक्षाचौर र मावि सेन्टर स्कुल तुलसीपुरको पठनपाठन बन्द गरिएको थियो । तुलसीपुरमा पाँच दिनको अवधिमा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।