निजामति कर्मचारी युनियन बाँकेको नयाँ नेतृत्वका लागि निर्वाचन
Saturday, January 8th, 2022, 8:13 pm
Kalpristha
नेपाल निजामति कर्मचारी युनियन बाँकेको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको छ । अहिले मतगणना चलिरहेको छ । एक सय मत गन्दा अध्यक्षमा उद्धव श्रेष्ठ र कृष्ण उपाध्यायबीच कडा प्रतिस्पर्धा छ । उपाध्यायले ४८ र श्रेष्ठले ४७ मत पाएका छन् ।
यसैगरी खुला उपाध्यक्षमा पिताम्बर आचार्य र वेदेश्वर गौतम, समावेसी उपाध्यक्षमा दयाराम चौधरी र सुरेन्द्रकुमार गुप्ता, सचिवमा पवन बुढा र लोकेन्द्र चन्दबीच प्रतिस्पर्धा छ । कोषाध्यक्षमा रमेशकुमार रेग्मी र श्यामबहादुर शाहीबीच प्रतिस्पर्धा छ । जम्मा ४३४ मतदातामा ३६४ मत खसेको थियो ।
शुक्रबारदेखि सुरु युनियनको अधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । एक जना निर्वाचित हुने महिला उपाध्यक्षमा भने दुर्गादेवी गौतमको मात्र उम्मेदवारी परेको छ । उनी निर्विरोध भएकी छिन् । एक सहसचिव (युवा)मा काशीराम रिजालको एकल उम्मेदवारी परेकाले उनी पनि निर्विरोध भएका छन् । महिला महाधिवेशन प्रतिनिधिमा लक्ष्मी केसीको मात्र उम्मेदवारी पर्दा उनी निर्विरोध भएकी छिन् । एक जना निर्वाचित हुने समावेशी महाधिवेशन प्रतिनिधिमा पनि जयन्द्र पाण्डे निर्विरोध भएका छन् ।
यस्तै सदस्यहरुमा जयवीर खत्री, दिपकुमार मल्ल, पवनकुमार भट्ट, प्रकाश पाण्डे, भिवबहादुर ठाडा मगर, राजनकुमार थापा र लोकेन्द्र बुढाको उम्मेदवारी परेको छ । खुला सदस्यमा चार जना निर्वाचित हुने व्यवस्था छ । महिला सदस्यमा कल्पना दुलाल र गिता शाहीको मात्र उम्मेदवारी दर्ता भएपछि उनीहरु निर्विरोध भएका छन् । समावेशी सदस्यमा गोकुल चिडिमार, प्रेमबहादुर शाही र रामकिशुन थारुको उम्मेदवारी दर्ता भएको छ । यसमा दुई जना निर्वाचित हुन्छन् ।
३ जना निर्वाचित हुने महाधिवेशन प्रतिनिधि खुलामा किरण डाँगी, देवेन्द्रकुमार केसी, नगेन्द्रबहादुर शाही, नैनबहादुर कार्की, तिलकप्रसाद आचार्य, यमकान्त कँडेल, मुकुन्दराज जिसी र राजेशकुमार सेनको उम्मेदवारी परेको छ ।