रोयल नेपालगन्ज र नेपालगन्ज-११ विजयी
Saturday, January 8th, 2022, 5:00 pm
Kalpristha
उमेस रेग्मीको ह्याट्रिकको सहयोगमा बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगितामा रोयल नेपालगन्जले सहज जित निकालेको छ ।
नेपालगन्ज रंगशालमा भएको प्रतियोगिताको पहिलो खेलमा रोयल नेपालगन्जले सिटी युथ क्लबमाथि ७-० गोलको जित निकालेको हो ।
सिटी युथ क्लबलाई जित दिलाउन उमेस रेग्मीले ह्याट्रिकको गरे । त्यस्तै संजय थापाले दुई गोल गर्दा सरोज चौधरी र नरेन्द्र ठकुरीले समान एक-एक गोल गरे ।
शनिबार नै भएको दोस्रो खेलमा नेपालगन्ज-११ ले एफसी संघारीलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । निर्धारित समय गोल रहित सकिएपछि खेलको निणर्य पेनाल्टीमार्फत गरिएको थियो ।
जसमा एफसी संघारीमाथि नेपालगन्ज-११ ले ४-३ गोलले बाजि मार्यो ।
नेपालगन्ज रंगशालामा भइरहेको प्रतियोगिता पुसको २७ गते सम्म चल्नेछ । प्रतियोगितामा बाँकेका ५ क्लबले प्रतिस्पर्धा गर्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।
प्रतियोगिताको समुह ‘ए’ मा रोयल नेपालगन्ज फुटबल क्लब र सिटी युथ क्लब रहेका छन भने समुह ‘बी’ मा नेपालगन्ज-११, एफसी संघारी र सिद्धार्थ युथ क्लब छन ।
यसैगरी आइतबार पुस २५ गते सिद्धार्थ युथ क्लबले एफसी संघारी र नेपालगन्ज-११ बिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।