भेरीको २६औं वार्षिक सभा सम्पन्न
Saturday, January 8th, 2022, 8:25 pm
Kalpristha
नेपालगन्जमा रहेको भेरी सहकारी वित्तीय संस्था लिमिटेडले आफ्नो २६औं वार्षिक साधारण सभा सम्पनन गरेको छ । भेरीले शनिबार आफ्नै भवनमा निणर्य एकीकरण एवम् साधारण सभा समापन गरेको संस्थाका व्यवस्थापक शोभा गुरुङले जानकारी दिइन् ।
यसअघि संस्थाले पुस ८ गते खजुरामा, पुस १० गते सम्झना चोकमा, पुस १४ गते कोहलपुर र पुस १७ गते नेपालगन्जमाा सभा सम्पन्न गरेको थियो । जिल्लाभरी नै कार्यक्षेत्र रहेको भेरीले नेपालगन्ज र कोहलपुरबाट आफ्नो सेवा दिँदै आएको छ । साथै संस्थामा शेयर सदस्य धेरै भएका कारण जिल्ला चार स्थानबाट सभा गरेर शनिबार अन्तिम दिन निणर् एकीकरणसहित सभा सम्पन्न गरेको गुरुङले बताइन् ।
सम्पन्न सभामा भेरीका संस्थापक अध्यक्ष अच्यूत प्रसादद प्रसाईको प्रमुख आतिथ्यता तथा राष्ट्रिय सहकारी बैंकका अमृत कुमार जोशीको अतिथ्यतामा र भेरीका अध्यक्ष पदमबहादुर भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
तीन हजार सात सय बढी सदस्य
हाल भेरीमा तीन हजार सात सय ७३ शेयर सदस्यहरु रहेका छन् । जसमा नेपालगन्ज उप-महानगरपालिकामा मात्रै एक हजार सात सय ७८ रहेका छन् ।
संस्थाले आर्थिक वर्ष २०७७/२०७८ मा एक करोड ४६ लाख नाफा कमाउन सफल भएको छ ।
त्यस्तै संस्थाले गतवर्ष प्रति शेयर ३६ रुपैयाँ लाभांश वितरण गरेकोमा आर्थिक वर्ष २०७७/०७८ मा भने प्रति शेयर एक सय २२ वितरण गरिने कार्यक्रममा जनाइएको छ ।
भेरीले आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा मुनाफासँगै अन्य कारोबारमा पनि वृद्धि गरेको छ । संस्थामा गत आर्थिक वर्षमा शेयर पुँजी दुई करोड ३५ लाख ४५ रहेको थियो भने सो बढेर दुई करोड ५० लाख ६१ हजार पुगेको छ । त्यस्तै निक्षेपमा पनि दुई करोड १६ लाख बढीको वृद्धिसँगै कूल २६ करोड पाँच लाख १६ हजार पुगेको छ ।